आज विश्व बालश्रम विरुद्ध दिवस

निराज रानाभाट
काठमाडौं : आइतबार ( आज ) विश्व बालश्रम विरुद्धको दिवस मनाईदै छ । प्रत्येक वर्ष जुन १२ तारिखका दिन विश्वका १०० भन्दा बढी देशमा बालश्रम विरुद्धको दिवस मनाउने गरिन्छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन ( आईएलओ ) का अनुसार विश्वव्यापी रूपमा १५ करोड बालबालिका बाल श्रममा संलग्न छन् , जसमध्ये ७ करोड खतरनाक काममा छन् । विश्वमा १० बालबालिकामध्ये एक जना बालश्रममा संलग्न भएको तथ्याङ्कले देखाएको छ । सन २००२ मा अन्तर्राष्ट्रिय श्रम संगठनले बालश्रम विरुद्ध विश्व दिवसको रुपमा शुरुवात गरेपछि बालश्रममा कमी आएको हो ।

सन २००२ जुन १२ यता विश्वव्यापी बालश्रमिकको दुर्दशाको बारेमा चेतना फैलाउन प्रत्येक वर्ष बालश्रम विरुद्धको दिवस मनाउने गरिन्छ । ५ देखि १७ वर्ष उमेरको बालबालिकालाई श्रममा लगाएमा बालश्रमिकको रुपमा लिने गरिएको छ ।

बालबालिकाहरुले भोगेका मानसिक तथा शारीरिक समस्याहरु बारे छलफल गरी जागरुक फैलाउन यस दिवसले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।