ग्रील तथा स्टिल व्यवसायी र जनप्रतिनिधिहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं : ग्रील तथा स्टिल व्यवसायी संघ काठमाडौं जिल्ला पश्चिम क्षेत्र अन्र्तगत कुलेश्वर कंलकि किर्तिपुर थानकोट दक्षिणकाली इकाई समितिद्वारा चन्द्रागीरि नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना र ग्रील तथा स्टिल व्यवसायीहरु बीच परिचयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

शनिवार काठमाडौंको सतुगंलमा रहेको डि.वि भेन्यू (पार्टी प्यालेस)मा सम्पन्न कार्यक्रममा विभिन्न व्याक्तीहरुको उपस्थीति रहेको थियो ।

चन्द्रागिरी  रपालिकाबाट नवनिर्वाचित जनप्रतिनिधि तथा ब्यबसायीहरु बिच सुमधुर सम्बन्ध कायम राख्न तथा हरेक कार्यमा सहजता बनाउन सोे कार्यक्रमको आयोजना गरीएको आयोजकले बताएको छ ।

ब्यबसायी र जनप्रतिनिधि बिचमा परिचय गराउनु तथा ब्यबसायीहरुको समस्यालाई जनप्रतिनिधिहरुको बिचमा राखेर समाधानको कानुनी र ब्यबहारीक पक्षको खोजिगर्नु एकदमै आवश्यक भएकोले यो कार्यक्रम आयोजना गरीएको समितिका अध्यक्ष दिनेश कुमार दाहाल (दारी बा ) ले बताएका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमु्ख गिरीले ब्यबसायीहरुले उठाएका कतिपय बिषयहरु आफ्नो अधिकार क्षेत्र भन्दा बाहिरको कुरा पर्ने भएको स्थानिय सरकारको तर्फबाट गर्न सकिने कार्यमा कुनैपनि कसुर नराख्ने र माथिल्लोतहमा समेत नितिगत बहस चलाउन पहल गर्ने बताएका छन ।आफ्नो कार्यकाल भित्र  चन्द्रागिरी नगरपालिकामा एउटा औद्योगिक ग्राम बनाउन पहल गर्ने पनि नगरप्रमु्ख गिरीले जानकारी गराएका छन ।

कार्यक्रममा बिशेष कारणले जनप्रतिनीधिहरु सबै उपस्थित हुन नसकेता पनि प्रतिनिधित्व गर्नेगरी चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, वडा नं ७ का वडा अध्यक्ष शम्भु कुमार के.सी र वडा न १५ का वडा अध्यक्ष घनश्याम लुईँटेलको उपस्थिति रहेको थियो ।

कार्यक्रमा ब्यबसायीको तर्फबाट उठेका बिषयमा प्रस्ट पार्दै वडा न १५ का वडा अध्यक्ष घनश्याम लुईँटेलले कर छुटको बहानामा राज्यलाई झुक्याएर ब्यापार गर्ने मनसायले मात्र ब्यबसाय दर्ता तथा कानुनि अधिनमा रहेका ब्यबसायीहरुको कारण सोझा गरिखाने साना ब्यबसायीहरुलाई असहज भएको बताए ।

आम ब्यबसायी र मजदुरहरुलाई ब्यबसायीक शुरक्षा प्रदान गर्न सके लगानिमा कुनै असहजता नहुने उनले बताएका छन ।
प्रमुख अतिथिरुपमा बोल्दै ग्रील तथा स्टील ब्यबसायी महासंघका प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठले झोले र अब्यबस्थित रुपमा सन्चालन गर्ने ग्रील ब्यबसायहरुलाई हटाएर मर्यादित र कानुनी दायरामा अडीनसक्ने लाई मात्र ब्यबसाय गर्न दिने
हो भने स्थानिय सरकारको राजश्व पनि बृद्धीभई सबैलाई फाईदापुग्ने बताएका थिए ।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त थानकोटका   प्रतिनिधि लगायत थुप्रै वक्ताहरुले व्यावसायाका समस्या र समाधानका उपाएबारे आफ्नो धारणा व्याक्त गरेका थिए ।

कार्यक्रममा ग्रील तथा स्टील ब्यबसायी महासंघका प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यता , चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीको बिशेष आतिथ्यता, ग्रील तथा स्टील ब्यबसायी महासंघका महासचिव बिवेकदास श्रेष्ठ ,कोषध्यक्ष कमलमान श्रेष्ठ , ग्रील तथा स्टिल व्यवसायी संघ काठमाडौं जिल्लाका महासचिव राजुलाल श्रेष्ठ (जाल्पा) ,को बिशेष आतिथ्यता र काठमाडौं जिल्ला सदस्य यमन श्रेष्ठ, नगरपालिकाको वडा अध्यक्षहरु , ग्रील तथा स्टिल व्यवसायी संघ काठमाडौं पुर्वि क्षेत्रका अध्यक्ष रोहित श्रेष्ठ ,पश्चिम क्षेत्रका अध्यक्ष शैलेस ठकुरी , बिभिन्न ईकाइका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको मिडिया पार्टनरको रुपमा भिजन न्युज नेपाल , सारा खवर रहेका थिए भने राष्टिय खबर डट .कम मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।

हेर्नुहोस फोटो :

तस्वीर : चक्र प्रसाद पोख्रेल 

(भिजन न्युज नेपाल )