पुर्ब सूचना तथा संचार मन्त्री बस्नेतद्धारा कोभिड संक्रमण रोकथामका लागी आवश्यक स्वास्थ सामाग्री हस्तान्त्ररण

संगीता पहरी
सिन्धुपाल्चोकःकाङ्ग्रेसका नेता ,पुर्ब सूचना तथा संचार मन्त्री सिन्धुपाल्चोक निबासी मोहन बस्नेतले सिन्धुपाल्चोकबासीहरुका लागी पच्चीस सय थान माक्स समाजसेवी बिमल पहरी मार्फत हस्तान्तरण गरेकाछन।
यो बिसम परिस्थितिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफु जनताहरुका साथ रहेको र सधैं जनताको सेवामा तल्लीन रहने प्रतिबद्धता गराएको कुरा काङ्ग्रेसका समाजसेबी बिमल पहरीले बताएका छन ।उनले यो भन्दा अघि पनि कोभिड-१९ का बिरामीलाई निशुल्क उपचार गर्ने उद्देश्यले अक्सिजन र भेण्टिलेटर सहितको १०० बेडको अस्पताल बनाउने घोषणा गरेको केही समय भित्रै उक्त अस्पतालका लागि चाहिने १०० वटा बेड र १०० वटा अक्सिजन सिलिन्डर लगायतका विभिन्न सामग्रीहरु प्रदान गरि गरिसकेका छन ।
आबस्यक स्वास्थ सामग्रीहरु आइसकेको र आउन बाकी सामाग्री पनि छिट्टै आउने नेता बस्नेत ले बताए । र उनले भने
“सिन्धुपाल्चोकका कुनै पनि जनता कोरोनाको कारण उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपरोस ” ।