

आवश्यक सामग्री :
चिनी, मैदा, बेकिंग पाउडर
बेसार वा फुड कलर, तेल, दही
विधी :
एउटा भाँडोमा पानी राख्नुहोस् र त्यसमा चिनी राखेर उमाल्नुहोस् । चिनी पानी बाक्लो हुनेगरि उमाल्नुहोस् ।अब एउटा भाँडोमा मैदा, बेकिंग पाउडर, दही राख्नुहोस र त्यसमा पानी राखेर मुछ्नुहोस् ।जेरीमा रंग आओस भन्नका लागि फुड कलर वा थोरै मात्र बेसर राख्नुहोस्।कराईमा तेल वा घ्यु बसाल्नुहोस् ।
अब तेलको खाली प्याकेटको बन्द भागतिर प्वाल पार्नुहोस्।त्यो कागजमा मुछेको पिठो भर्नुहोस् र सानो प्वाल तिर बाट जेरी बनाउन थाल्नुहोस्।जेरी पाकेपछि त्यसलाई चिनी पानीमा डुबाउनुहोस् ।
