सपनाको उडान : पुछार घरे

सपनाको उडान

आउनोस् एक छिन् उडौँ।
पहिलो पटक हामी सपनामा उड्यौँ। दोस्रोलाई त्यो सपना झुट नै हो देखेका कुरा पनि झुट नै हुन् तर सपनामा तपाईँको उडान अनुभव सत्य हो। हो, हामी सपनामा पटक पटक उडेका छौँ। सपनामा विभिन्न कारणमा उड्छौँ क्रमशः त्यो उडान अन्ततः बिस्तारै रहरमा परिणत हुन्छ। बाध्यताको नाम बोकेर रहरको उडान गर्छौँ।

रहरको उडान कमाएछ भने बा आमाको लागि डोमेस्टिक हुनसक्छ तर आफ्नो लागि जसरी होस् अन्तर्राष्ट्रिय हुन्छ। यो उडानमा बा आमा हैन साथमा एकापट्टि राहदानी र अर्कोपट्टि भविष्यको सपना हुन्छ। हामी एउटा साँचो उडान उड्छौँ हिजो राति सङ्गिनी च्यापेको छातीमा एउटा देश च्यापेर। यो उडान सपनाको उडानभन्दा बिलकुल फरक हुन्छ, ब्युँझिँदा सपनाको गन्तव्यमा पुगिसक्छौँ।

त्यही गन्तव्यमा करिब पाँच वर्ष सिभिल एभिएसन फिल्डमा काम गरेँ। म त पटक पटक उडेको छु कल्पना, सपना र बिपनामा तर आज म आफैँ चालक भएर तपाईँहरूलाई पहिलो पटक उडाउँछु। मेरो टेक अफको रनवे यति वेला तपाइको अँजुली हो सायद। हात नहल्लाउनुहोस् न है।

यति वेला म नेपाल सरकारको मन्त्रिमण्डल अन्तरगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएको छु। पर्यटन वर्ष अर्थात् Visit Nepal 2020 सफल पार्न म रातो दिन लागिपरेको छु। मैले विश्वका ठुला भनिने सञ्चार माध्यमहरू बिबिसी, सिएनएन र अलजजिरामा Visit Nepal 2020 सफल पार्न विज्ञापनहरू बजाएको छु। उक्त विज्ञापनले नेपाल घुम्न चाहनेहरूलाई थप इच्छा जागेको छ।
नेपाल घुम्न चाहनेहरूले यो समयमा सबैभन्दा पहिला गुगलमा सर्च गर्छन् वा प्रश्न गर्छन्,
What is the national airline of Nepal?
उत्तरमा देखाउँछ-
Nepal Airlines is government owned airlines, formerly known as “Royal Nepal Airlines”. It is the government owned national flag-carrier airline and operates more than 30 domestic and 7 international routes. Its main base is Tribhuvan International Airport, Kathmandu.

यो सात रुट अन्तरगतका भए त ठिकै होला त्यो बाहेकको वा अरू देशका रहेछन् भने त नेपाल घुम्न जान अल्टरनेटिभ एयरवेजको खोजीमा ट्रान्जिट, ट्रान्स्फर वा इन्टर लाइन जस्ता बाटोहरू चाहिरहेका हुन्छन्। कसैले ए रुट नै रहेनछ भनेर प्लान क्यान सिल गर्लान्, कसैले अल्टरनेटिभ एयरबाट पनि यात्रा गर्ने योजना बुन्लान्। ट्रान्जिट, ट्रान्स्फर वा इन्टर लाइन रुट प्रयोग गर्दा उनीहरू पनि समयको वर्बाद हुने भएर प्लान क्यान सिल गर्लान्। ट्रान्जिट, ट्रान्स्फर वा इन्टर लाइन रुटमा समय मात्र वर्बाद हैन विभिन्न देशको फरक फरक सेकुरिटि चेक जाँचले पनि दिक्क होलान् भनी मैले मन्त्री भएको केही दिनमै झ्याप्पै जहाज किन्ने योजना बनाएको छु। जहाज कम्पनी हरूलाई अर्डर दिइसकेको छु।

150 प्यासेन्जर र पाँच देखि छ हजार रेन्जको Airbus A320 छवटा, 300 प्यासेन्जर क्षमताको Boeing 787 Dreamliner पाँच ओटा, 325 प्यासेन्जर क्षमताको Boeing 777 र 350 बढी प्यासेन्जर क्षमता भएको Ultra Long Range Airbus A350 पाँच वटा गरी मैले पहिलो केही महिना भित्रै पटक 21 वटा जहाज ल्याउने भएको छु।

डल्लाइहुँदै लस एन्जलस 1, चिगागो हुँदै ह्युस्टन 1, योर्क हुँदै एटलान्टा 1 गरी हरेक हप्ताको आइतबार बिहान आठ बजे 3 वटा फ्लाइट काठमाडौँबाट अमेरिकाको लागि उड्नेछन्। हरेक हप्ताको मङ्गलवार फ्रान्कफुट हुँदै कोपनहेगन 1, मस्को हुँदै स्विडेन 1, इस्तान्बुल हुँदै पेरिस 1, साउथ अफ्रिका हुँदै ब्राजिल 1, सिधै लन्डन गरी 5 वटा फ्लाइट उड्नेछन्।

हरेक हप्ताको बुधवार मेलब्रोन हुँदै अक्ल्याण्ड 1, सिड्नी हुँदै पर्थ गरी अस्ट्रियाको लागि 2 फ्लाइट उड्नेछन्। हरेक हप्ताको शुक्रवार इन्डोनेसिया बली हुँदै सिंगापुर 1, मलेसिया हुँदै बैकक 1, हङकङ हुँदै जापान 1, बेइजिङ हुँदै कोरिया 1 गरी 4 फ्लाइट उड्ने छन्। कतार, दुबई, अबुदावी, मस्कट, रियाद, दम्माम, बहराइन हुँदै इजरायल, कुवेत, दिल्ली, पाकिस्तान, बङ्गलादेश, कोलम्बो हुँदै माले गरी पनि हरेक दिन जसो फ्लाइट उड्नेछन्।

प्राय प्यासेन्जर नेपाल नै भिजिट गर्न आउने हुने छन् भने केही प्यासेन्जर नेपाल हुँदै अर्को देश ट्रान्सफर हुने पनि आउने छन्।
अब यसको लागि मैले सबैभन्दा पहिला तीन एयरपोर्ट पोखरा, भैरहवा र काठमाडौँका एअर पोर्टहरूलाई जतिसक्दो चाँडो बनाउने थप्ने मर्मत गर्ने गर्ने छु। देशको सेकुरिटि व्यवस्था अत्याधुनिक प्रविधि सहित चुस्त बनाउने छु। हरेक एअर पोर्टमा सेकुरिटि चेकमा नयाँ नियम सहित कडाइ गर्ने छु। यसको लागि हामीलाई धेरै नै म्यानपावरको खाँचो पर्ने छ। मेसिनहरूको खाँचो पर्नेछ। नेपाल एअरको आफ्नै क्याटेरिङ, कार्गो, डिउटी फ्री, ह्याङ्गर, क्लिनिङ सर्भिस हुनेछ।

यसमा गरिब 15 हजार नेपालीले दैनिक रोजगार पुने छन् सेकुरिटि स्क्रिनको लागि एराइभल, डिपार्चर र ट्रान्स्फर (प्राइमरी र सेकेन्डरी गरी)को लागी करिब साठी वटा जर्मनबाट स्मीथका एक्स-रे मेसिनहरू जतिसक्दो चाँडो ल्याउने छु। नेपाली युवाहरूलाई नयाँ वा विदेशमा काम गरेका अनुभवको आधारमा एयरपोर्ट ट्याक्सी, चेक इन्, इमिग्रेसन सेकुरिटि चेक पोइन्ट, ग्राउन्ड सर्भिस, एअर साइड ह्यान्डल, एयरपोर्ट अपरेसन, एयरपोर्ट सेकुरिटि, कस्टुमर सर्भिस, आइटी, मेन्टाइनेस, क्लिनर लगायत अनगिन्ती पद र काममा लिएर तालिम तथा कामहरू सञ्चालन पनि गर्ने छु।

देशको सेकुरिटि, यसरी अन्तर्राष्ट्रिय आवाज जावतको सहज भएपछि पर्यटकहरूको वर्षा लाग्ने छ। होटेल, रेस्टुराँ, होमस्टे , यातायातका साधन, बाटो , ट्राभल तथा ट्रेकिङ एजेन्सीहरू मुख्य रूपमा पर्नेछ।

नेपालको प्राकृतिक सुन्दरता र धरातलीय हिसाबले करिमा फराकिलो सडक र पहाडी तथा हिमाली भागहरूमा बढी भन्दा बढी मात्रमा केबलकारको व्यवस्था हुनेछ किनकि नेपाली पहाडहरूमा बर्सेनि वा हरेक बर्खाको सम पहिरो जानाले बाटो अवरुद्ध हुन सक्छ। यसले यात्रुहरूको सीमित समयलाई असर गर्ने छ। ठुला मुख्य र दरिलो भिरहरूको प्रयोग हुने छ केबलकारको लागि भने गाउँ गाउँको सुन्दरतालाई असर गर्ने , जङ्गल मास्ने कच्ची बाटो खनिने छैन। पर्यटकहरू नेपाल हिँडेर घुम्न उने भएकाले र हिँडेर यात्रा गर्दा प्रकृतिको स्वाद पाइने हुनाले प्रशस्त गोरेटो बाटो र ससाना केवल कारका स्टेसनहरू अन्तिम गन्तव्यसम्मै हुने छ।

जस्तो छोम्रोङ घान्द्रुक लेक हुँदै बगेको पानी कुशमा वा बजारमा पुगेर मिनिरल वाटरमा प्रशोधित गरी बनाएर पुन बजारबाट छोम्रोङ घान्द्रुक लेकतिर लैजाने अनौठो परम्परा छ यसलाई रोकेर हिमाल तथा मुहान हरूमै पानी प्रशोधित केन्द्रहरू स्थापना गरिनेछ। पानी फिल्टर गरे हैन केवल हिउँलाई पगालेर विश्वलाई हिउँ पानी पिलाइने छ। प्रशस्त बाटो र साधन भए भएपछि नेपालको हिमाली भेगका ताजा स्याउहरू पर्यटकहरूलाई वेटर ननापिने गरी फूलसँग लान पाइने व्यवस्था गरिनेछ।

नदी, छहरा, ताल, गल्छी, पहाड, पाखा भिरालो, उकालो अनुसार कसोरा त्यसलाई प्रयोग गरेर पर्यटकलाई सुनिदा र मनोरञ्जन दिन सकिने छ त्यसको बरा जन स्तरमा विभिन्न कार्यक्रम ल्याइने छ। काममा ठग्ने, भष्टचारमा आँखा गाड्ने प्रशासनदेखि कर्मचारी र कामदारहरूलाई एक पटक वार्निङ सहित पदोन्नति के समयको लागि रोक्का र पुन गरे सरकारी काम काज गर्न नपाउने गरी उसलाई सजाय दिनेछ।

आहा!
सबै नेपाली व्यस्त हुनेछन्। रम्नेछन्। घुम्नेछन्। कोही कसैले अन्तर्राष्ट्रिय उडान गर्ने छैनन्।
ती मध्ये तपाईँ पनि एक हो। भन्नुस् न मेरो कल्पनाको उडानमा तपाईँ उडेर कहाँ पुग्नु भो?

पुछार घरे