गणतन्त्र दिवसको उपलक्ष्यमा आठराई गाउँपालिकामा दिप प्रज्वजलन

सुमन आचार्य
तेह्रथुम : राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस ।

आठराईमा पनि विभिन्न स्थानमा कार्याक्रम गरि मनाईएको छ । आईतबार साझ आठराई संक्रान्ती बजारको फाल्गुनन्द चाेकमा नेपालकाे नक्सा बनाई दिप प्रज्वजलन गरिएकोछ आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिम तथा उपाध्यक्ष वलिराज ईङ्नाले संयुक्त रुपमा दिप प्रज्वजलन कार्यक्रम सञ्चालन भएको थियाे ।

आठराई स्थित सम्पुर्ण कार्यालयका प्रमुख तथा कर्मचारि, सुरक्षा नियकायका प्रमुख तथा कर्मचारि, जनप्रनिधि लगायत पत्रकारकारको सहभागितामा  दिप प्रज्वजलन गरिएको थियो ।

निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।