ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले भीरकोटका नवनिर्वाचित जनप्रतिनिधिलाई गर्‍यो सम्मान

राजनप्रसाद पौडेल
स्याङ्जा : स्याङ्जाको भीरकोट नगरपालिकामा हालै नवनिर्वाचित मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्य समेत सम्पूर्ण जनप्रतिनिधिहरुलाई भीरकोट नगरपालिका – २ मा संचालित ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय बयरघारी शाखाले आज बिहान स्वागत, सम्मान तथा स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा भीरकोट नगरपालिकाका नवनिर्वाचित मेयर गोबिन्द कुमार कर्माचार्य, उपमेयर भगवती रेग्मी (अर्याल) लागाएत सम्पूर्ण वडाका वडा अध्यक्ष र सदस्य हरुलाई खादा माला र पुष्पगुच्छाले सम्मान गरिएको थियोे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नवनिर्वाचित नगरप्रमुख गोबिन्द कुमार कर्माचार्यले राम्रो या नराम्रो गर्ने भनेको आत्माले हो हामिले राम्रो सोच्नु पर्छ ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले अनुशासन र शान्ति को सन्देश सिकाएको र यसको उन्नति र प्रगति होस भन्ने शुभकामना व्यक्त गरेका गरेका थिए । उनले विश्वविद्यालय सम्म आउने बाटोलाई पिच गर्न नगरपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

कार्यक्रम उपप्रमुख भगवती रेग्मी, अर्याल सबै वडाका वडा अध्यक्ष र सदस्यहरुले आफ्नो परिचय सहित शुभकामना प्रकट गरेका थिए । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय बयरघारी शाखाकी संचालिका राजयोगिनी ब्रह्माकुमारी सुभाष दिदी को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई गीत र नृत्यद्वारा स्वागत गरिएको थियोे भने कार्यक्रमको संचालन ब्रह्माकुमार नयन गुरुङले गरेका थिए ।