एक विद्राेहीकाे बयान (कविता)

कानुनलाई कफनकाे खल्तीमा बाेकेर हिँडेको
याे देशकै महान म एक कुख्यात हत्यारा हुँ ।

याैटा कालाे काेट-
मेराे घरकाे र्याकमा छ
घरका पर्खालहरूमा छन् – अंगार झैँ कालै पर्दा ।
अर्काे सहरमा छ – मजस्तै कुख्यात अनुहार
स्वभाव बुख्याँचा जस्ताे छ- नैतिक पढाउँछु भन्छ
आवरण छ किताबकाे गाता जस्ताे फरकफरक ।

 

के पढाउँदाे हाे वीरबहदुर ?

घरमा आफ्न‌ै काेटकाे अनुहार पुस्तिका छ
नकुनै व्यापारीले किन्न सक्छ त्यसलाई
न काेही साहुले बेच्न सक्छ त्यसलाई
जे छ आफ‌ैँ भित्र छ उसकाे अस्तित्व ।

मेराे घर-
र घरका बाआमा-
हरेक दिन –
बाटाेमा छरिएका काँडाहरूदेखि सावधान हाे भन्छन्
मैले त्यहि दिनबाट विद्रोह गर्न सिकेँ ।

किन कि !
मैले नचाए -नाच्छ बारुलो
मैले उडाए – उड्छ हावा भरेकाे बेलुन
मेरै इसारमा –
दराजबाट निस्कन्छ एकथान कालाे काेट
जब हेर्छु ऐनामा आफ्नै राताे क्रुर अनुहारकाे हुलिया
तब डराउँछ-
ह्याङ्गरमा झुन्डिएकाे अर्काे कालाे भादगाउँले टाेपी ।

म खुलेआम भन्न सक्छु कि !
याे देशकाे कुख्यात डाकु पनि मै हुँ
मलाई विद्राेही हुन सिकाउने यही वर्तमान हाे ।

जजसाब अब भन्नुस् कि !
यदि म विद्राेही हुन्न थिएँ भने
के याे देश नेपाल हुने थियाे ?