पत्रकार चुत्र महतको निधनमा पत्रकार महासंघ स्याङ्जाले निकाल्यो प्रेस विज्ञप्ति

राजनप्रसाद पौडेल, स्याङ्जा :  नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश प्रतिनिधि तथा नेपाल प्रेस युनियन स्याङ्जाका सचीव चुत्र वहादुर महत (यशिब) को हिजो जेठ ६ गतेका दिन उपचारका क्रममा भारतको गान्धी अस्पतालमा निधन भएको थियो ।

एक महिनादेखी जण्डिस रोगबाट ग्रसित महतको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको थियो । उनी एक लगनशील, निडर र स्याङ्जाका एक क्रीयाशिल पत्रकार थिए । उनको निधनले स्याङ्जाले एउटा कुशल पत्रकार गुमाउनु पर्दा पत्रकार महासंघ स्याङ्जा शाखाले क्षेती बेहोर्नु परेको र उनको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दै प्रेस विज्ञप्ति निकालेको छ । नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल द्वारा हस्ताक्षर गरिएको सो विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ। निधन भएका पत्रकार महतको एक श्रीमती र छोरी भएको बताइएको छ ।

 

हेर्नुहोस विज्ञप्ति