बुटवलमा एउटा खुट्टा नभएका बेवारिसे ब्यक्तिको उद्दार

लक्ष्मी श्रेष्ठ
बुटवल :बिगत लामो समयदेखि रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं.११, बुद्धनगर डेरा गरि बस्दै आएका बुद्धी तामाङ यस अघि सन्तोष फ्रेश हाउसमा काम गर्दै आएका थिए, उनले दिएको जानकारी अनुसार फ्रेस हाउसमा काम गर्दै जादा उनी बिरामी परे, उपचारका लागि चिकित्सकको मरामर्शमा जाँदै गर्दा उनलाई चिकित्सकले एउटा खुट्टा काट्नुपर्ने सल्लाह दिए ।

सोही सल्लाह बमोजिम उनको एउटा खुट्टा काटियो र खुट्टा काटिएपछि उनको मानसिक स्थितिले समेत काम गर्न सकेन तसर्थ उनले कुनैपनि काम गर्न सकेनन र उनले काम गर्न नसक्ने अवस्था आए पछि उनीसंग रहेको साढे २ बर्षको छोरालाई समेत बिहान बेलुका हातमुख जोर्न समस्या पर्न थालेपछि उनी माग्दै हिड्न थाले यसै क्रममा लुम्बिनी प्रदेशिक अस्पताल अगाडि रात दिन बिताई रहेको खबर आयो ।

बिगत लामो समय देखि मानव आश्रममा आबद्द भई मानवसेवामा काम गर्दै आएकी सुनिता सुब्बालाई फोन आए पछि उनले एउटा खुट्टा नभएको बाबु र छोराको खाना र बस्ने ब्यबस्थाको लागि सहयोग गर्नुपर्छ भन्ने उदेश्यले टोल बिकाश सस्थामा सिफारिस लिन पुगिन ।

त्यस पश्चात् टोल बिकाश सस्था समेतको पहलमा उपमहानगरपालिकाको वार्ड नं.११ को कार्यलयमा गएर वडा अध्यक्ष रामचन्द्र क्षेत्रीसंग सल्लाह गरि उनको सिफारिस लिई पिसिआर टेस्ट समेत गराई पिसिआर रिर्पोट नेगेटिभ आएपछि उक्त दुई जना बाबु छोरालाई मानव सेवा आश्रममा लगी आश्रमका सरु अधिकारीसंग समन्वय गरि जिम्मा लगाउने काम सम्पन्न भएको बुटवल उपमहानगरवालिका वडा नं.११ प्रगति नगर एफ सेक्टर टोल बिकाश सस्थाका अध्यक्ष टेक बहादुर गुरुङ (भोटे) ले भिजन न्युज नेपाललाई जानकारी दिएका छन।

साथै टोल बिकाश सस्थाका अध्यक्ष गुरुङ्गले उक्त बेवारिसे बाबू छोराको ब्यबस्थापनमा सहयोग गर्नुहुने वडा अध्यक्ष रामचन्द्र क्षेत्री, समाजसेवी सुनिता सुब्बा तथा मानव सेवा आश्रमका सरु अधिकारीलाई समेत विशेष धन्यवाद ब्यक्त गर्नुभएको छ ।