धनगढीमा ३ दिने नि :शुल्क आँखा सिबिर सम्पन्न

केशव भट्ट
धनगढी :च्यारिटी हेल्थ फाउन्डेसन र नेपाल शिक्षक संघ धनगढीद्वारा आयोजित ३ दिने निःशुल्क आँखा परीक्षण सिबिर मङ्लबार सम्पन्न भएको छ ।

कैलाली जिल्लाका आँखा बिरामी शिक्षकहरुको निःशुल्क आँखा जाचगरी निःशुल्क औषधि निः शुल्क चस्मा बितरण र नि:शुल्क शल्यक्रिया गरिएको कुरा शिक्षक संघ नगर कार्य समितिका अघ्यक्ष नबराज ओझाले जानकारी दिएका छन ।

नि :शुल्क आँखा सिविर संचालनको लागि राष्ट्रिय बाणिज्य बैंक धनगढी शाखाले आर्थिक सहयोग र धनगढी नेत्रालयले प्राबिधिक गरेको कुरा आयोजक ओझाले बताए ।

तिन दिनसम्म लगातार संचालन भएको उक्त आँखा परिक्षण सिबिरबाट कैलाली जिल्लाका सयौं शिक्षकहरु लाभान्वित भएको कुरा फाउन्डेसन सम्बद्ध एक कर्मचारीले भिजन न्युज नेपाललाई अबगत गराए।