युरोकप फुटबलको क्वाटरफाईनलका खेलहरु शुक्रबारबाट हुने

 

के.आर.अधिकारी क्षेत्री

काठमाडौं : जारी युरोकपको प्रि-क्वाटर फाईनलमा पुग्ने १६ राष्ट्रहरुको ८ खेलहरु सम्पन्न भएको छ जसमा बेल्जियम, ईटाली, स्विटजरल्याण्ड, स्पेन, युक्रेन, ईङ्गल्याण्ड, चेक रिपब्लिक र डेनमार्क गरि जम्मा ८ देशका फुटबल टिमहरु क्वाटरफाईनलमा प्रबेश गरेका छन् ।

२४ राष्ट्रका फुटबल टिमहरु सम्मिलित युरोकप फुटबल अन्तर्गत अन्तिम प्रि-क्वाटरफाईनलका २ खेलहरुमा ईङ्गल्याण्डले जर्मनीलाई साथै युक्रेनले स्विडेनलाई पराजित गरि क्वाटरफाईनलका ८ टिममा स्थान सुरक्षित गरे संगै प्रि-क्वाटरफाईनलका खेलहरु सकिएको हो ।

युरोकपका दाबेदार राष्ट्रहरु पोर्चुगल, फ्रान्स, जर्मनी र नेदरल्याण्ड समेत अन्तिम १६ का खेलहरुबाटै बाहिरिईसकेका छन् भने अबका खेलहरु झन् रोमान्चक हुने अनुमान गर्न सकिन्छ ।

अब क्वाटरफाईनल अन्तर्गतका खेलहरु शुक्रबारबाट शुरु हुनेछन् ।
शुक्रबार हुने २ खेलहरुमा स्विटजरल्याण्ड र स्पेन नेपाली समय अनुसार ९:४५ बजे साथै बेल्जियम र ईटाली १२ : ४५ बजे भिड्नेछन् भने शनिबार चेक रिपब्लिक र डेनमार्क ९:४५ बजे साथै युक्रेन र ईङ्गल्याण्ड १२:४५ बजे एक आपसमा भिड्नेछन्