के कार्यान्वयन होलान् त मापदण्ड ?

उमा भण्डारी
दाङ : सार्वजनिक यातायताहरूमा राज्यले तोकेका मापदण्ड र नीति कमै मात्र कार्यान्वयन हुन्छन् । विद्यार्थी, जेष्ठ नागरिक, अपाङ्ग, महिला सिट आरक्षणको सुनिश्चितता र सहुलियत भाडा कार्यान्वयनमा ठूलै समस्या छ । सिटमा मात्रै यात्रु बोन्ने नीति अहिलेसम्म कार्यान्वयन भएको देखिदैन ।

सहज अवस्थामा नै कार्यान्वयन नहुने नीति र नियम यो कोरोनाको असहज अवस्था झन कसरी होलान भन्ने विश्वास पनि आमनागरिकमा कमै नै छ । कोरोनाको दोस्रो भेरियन्टले चरम रूप लिएका बेला सुरू भएको बन्दाबन्दी क्रमिक रूपमा खुकुलो बन्दै गएको छ । असार १५ सम्म आइपुग्दा अवस्था सामान्य भएको जस्तो गरेर डिसिएमसीले सबै क्षेत्र खुला गरेको छ ।

कोरोना संकट व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरूलाई सवारी साधन सञ्चालन गर्न बाटो खुलेको हो । तर स्वास्थ्य मापदण्ड पालना हुनेमा शंका भइरहेको छ ।

सबै खुकुलो भएसँगै सार्वजनिक यातायात क्षेत्र पनि सञ्चालनमा आएको छ । दाङमा आज (बुधबार) देखि सार्वजनिक सवारी साधनहरू सञ्चालनमा आएका छन् । कोरोनाको दोस्रो लहर सुरू भएपछि करिब तीन महिनासम्म बन्द रहेका सार्वजनिक सवारी साधनहरू सञ्चालनमा आएका हुन् ।

कोरोना संकट व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरूलाई सवारी साधन सञ्चालन गर्न बाटो खुलेको हो । तर स्वास्थ्य मापदण्ड पालना हुनेमा शंका भइरहेको छ ।

स्वास्थ्यका मापदण्डहरू अनिवार्य रूपमा पालना गर्दै बुधबारदेखि निजी तथा सार्वजनिक सवारी साधनहरू चलाउन पाउने दाङका प्रमुख जिल्ला अधिकारी अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए । बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सार्वजनिक सवारी साधनहरू सञ्चालन गर्न पाईने उनले बताए । उनका अनुसार सवारी साधनहरू जिल्लाभित्र मात्रै चल्न पाउने छन् ।

एम्बुलेन्स, मालबाहक सवारी साधनहरू भने एक जिल्लाबाट अर्को जिल्लामा जान पाउने छन् । यात्रुहरू चढाउँदा वा ओराल्दा अनिवार्य रूपमा सेनिटाइजर र मास्कको प्रयोग गर्नुपर्ने उनले बताए । यस्तै सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार गर्न नपाउने गरी नियमसम्वद रूपमा सवारी साधन चलाउनुपर्ने उनले बताए ।

यदि कोही कसैले अटेरी गरेमा प्रचलित कानुनअनुसार कारवाही समेत गरिने उनको भनाई छ । ‘अनिवार्य रूपमा स्वास्थ्यका मापदण्डहरू पालना गरेर मात्रै सवारी चलाउन पाईन्छ’ उनले भने– ‘यदि कोहि कसैले अटेरी गरेर मापदण्ड भन्दा बाहिर जान खोज्छ भने त्यसलाई हामीले कारवाही गर्छौँ ।’

सवारी साधन सञ्चालनमा हुनसक्ने लापरबाहीलाई रोकथाम गर्नका लागि प्रहरी प्रशासन, जिल्ला प्रशासनले नियमित रूपमा नियमन र अनुगमनसमेत गरिने उनको भनाई छ । कोरोनाको जोखिम हुँदाहुँदै पनि आमनागरिकको आवश्यकतालाई मध्यनजर गरेर सार्वजनिक सवारी साधनहरू सञ्चालन गर्ने निर्णय गरिएको उनी बताउँछन् ।

‘संक्रमणदर शुन्य भएको छैन, फेरी नयाँ भेरियन्टमा कोरोनाको संक्रमण देखिएको छ भनेर सूचनाहरू आइरहेका छन्’ उनले भने– ‘जोखिम भएपनि के गर्नु, जीविका चलाउनु प¥यो, सवारी साधन सञ्चालन नभएसम्म नागरिकको जीविकोपार्जन सहज हुँदैन, यसर्थ सवारी साधन सञ्चालनमा सहज बनाईएको हो ।’

उनका अनुसार जिल्लामा सरकारी कार्यालय, बैंक र वित्तीय संस्थामा कार्यालय अवधिभर बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने छन् । त्यस्तै शैलुन, जिम, क्लव बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म खुल्न पाउने भएका छन् । भने जिल्लामा रहेका बजारहरू दैनिक रूपमा बेलुकी ६ बजेसम्म खोल्ने निर्णय भएको प्रजिअ कुरूम्वाङले बताए ।

तर विवाह, ब्रतवन्ध, भोज, पूजा, पार्टी, सभालगायतका कार्यक्रमहरूमा बढीमा १५ जना र स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । यदि जिल्लामा पुनः संक्रमणदर बढ्दै गएमा जोखिमको अवस्थालाई मध्यनजर गर्दै पुनः लकडाउनको ढाँचा परिवर्तन गर्न सकिने उनले जानकारी दिए ।

स्वास्थ्यका मापदण्ड पालना गरेर सवारी साधन चलाईने त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका प्रशासनिक सचिव प्रकाश भट्टले बताए । गतवर्ष सवारी साधनमा लापरबाही भएपनि यसवर्ष पूर्णरूपमा मापदण्डमा रहेर सवारी साधनहरू सञ्चालन हुने उनले जानकारी दिए । विगतको तुलनामा यसवर्ष नागरिकहरूमा पनि सचेतनास्तर बृद्धि भएकाले स्वास्थ्य मापदण्ड अनिवार्य पालना हुने, सिट क्षमताका आधारमा यात्रु बोक्ने र सरकारले तोकेकै भाडादर लिईने बताए ।

‘गतवर्ष यातायातमा मात्रै होईन सबै क्षेत्रमा लापरबाही थियो, तर यसवर्ष त्यस्तो हुँदैन’ उनले भने– ‘दोस्रो रहरले निम्त्याएको मानवीय क्षतिका कारणले पनि यात्रुहरू थप सजक भएका छन्, यसर्थ त्यस्तो लापरबाही हुँदैन, हामीले पनि नियमीत अनुगमन गर्छौँ ।’ उनका अनुसार लामो दूरीका सवारी साधनहरू प्रशासनको पास लिएर सञ्चालन भईरहेका छन् । विभिन्न ठाउँमा अल्पत्र परेका यात्रु, श्रमिक मजदुरहरूलाई दोब्बर भाडा लिएर गन्तब्यसम्म पु¥याउने गरिएको बताए ।

सवारी साधनहरू एकतर्फि चल्ने भएकाले प्रशासनले दिएको अनुमतीका आधारमा भाडा लिने गरेको उनी बताउँछन् । ‘विभिन्न ठाउँमा गएर यात्रु लिनुपर्ने हुन्छ, यसर्थ भाडा दोब्बर लागेको हो’ उनले भने– ‘प्रशासनले तोकेको आधारमा भाडा लिएका छौँ, मनपरी भने होइन, एकतर्फी रूपमा सवारी साधन चल्ने भएकाले सामान्य अवस्थामा भन्दा केही महंगो भएकै हो ।’ र यात्रु पनि बढी बोक्ने गरेको उनले स्वीकार गरे ।