तनहुँको म्याग्दे गाउँपालिकाका अध्यक्षमा एमालेका श्रेष्ठ : उपाध्यक्षमा कांग्रेसका घिमिरे विजयी

मिलन तामाङ, दमौली : तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काङ्ग्रेसले विजय हासिल गरेको छ । एमालेका श्रीप्रसाद श्रेष्ठले ४ हजार ९ सय ५० मत प्राप्त गरेको छ भने उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका मायादेवी रानाले ४ हजार २ सय ३२ मत प्राप्त गरेका छिन् । अध्यक्षमा पराजित राना निवर्तमान गाउँपालिकाका अध्यक्ष हुन् । उपाध्यक्षमा नेपाली काङ्ग्रेसका बालकृष्ण घिमिरे ५ हजार ३९ मत प्राप्त गरी विजय भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका रत्नादेवी घिमिरेले ४ हजार २ सय मत प्राप्त गरे । घिमिरे दोस्रो कार्यकालका लागि उपाध्यक्षमा दाेहाेरिएका हुन् । गाउँपालिकामा कूल १८ हजार एक सय पाँच मतदाता रहेकामा ११ हजार नौ सय ४३ मत खसेको थियो ।गाउँपालिकाको अध्यक्षमा विजयी श्रेष्ठ नेकपा एमाले तनहुँका अध्यक्ष समेत हुन्।