

बुटवल :रुपन्देहीको चरङ्गेमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । आज राती अन्दाजी ९ बजे भएको दुर्घटनामा छत्रकोट १ हुँगाका डा.शंकर प्रसाद भण्डारीको मृत्यु भएको छ भने सोही स्थान घरभई बुटवल बस्दै आएका थानेश्वर भण्डारी घाईते भएका छन् ।
पूर्व पश्चिम राजमार्गको चरङ्गे चोकबाट २ किलोमिटर उत्तरमा भण्डारी आफैले चलाएको बा १७ च ६०६६ नम्बरको कार चरङ्गेको मुढाबासमा कल्भर्टबाट तल खस्दा चालक भण्डारीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए । भण्डारी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हुन् । उनी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत थिए ।
