

नारायण रिजाल
दैलेख : कोरोना भाइरसको दोस्रो लहरका कारण गम्भीर रूपमा प्रभावित भएको दैलेखलाई महामारीसँग जुधन्न गैरसरकारी संस्थाहरुले सहयोग गरिरहेका छन् । सोहि क्रममा महामारीसँग जुधन्न आवाज संस्था नेपाल शाखा दुल्लूले बिपन्न,जेहेन्दार,तथा आर्थिक अवस्था कमजोर भएका करिब १०० जना बिद्यार्थीहरूलाई शैक्षिक सामाग्री,सरसफाई र सुरक्षाका सामग्री सहयोग गरेको हो । दोस्रो लहरको कोरोना भाइरस प्रतिकार्यका लागि संस्थाद्धारा दैलेख,र बर्दिया जिल्लामा स्वास्थ्य उपकरण, स्वास्थ्य सामग्री र सरसफाईको सामग्री सहयोग गरिएको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम नियन्त्रण र संक्रमितहरुलाइ सहयोगको सन्दर्भमा संस्थाले स्थानीय तह, र समुदायस्तरमा शैक्षीक,स्वास्थ्य सामग्री सहयोग गरिएको संस्थाका परियोजना प्रमुख चक्रराज गिरिले जानकारी दिए । संस्थाले विपद् व्यवस्थापनका लागि विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको गिरिको भनाई छ । परियोजना प्रमुख गिरिका अनुसार संस्थाले यसअघि बालबालीका,युवा तथा विपन्न बर्गकालागी विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना समेत निर्माण गरेको थियो ।
मंगलवार एकपात लम्जम्वर्कको समन्वयमा संस्थाद्धारा आयोजित दुल्लू नगरपालिकाका जेहेन्दार तथा विपन्न बिद्यार्थीहरूलाइ शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो । संस्थाका अनुसार आवाज संस्था नेपाल र एकपात लम्जमवर्कको साझेदारीमा सञ्चालित बिद्याथीर् तथा बिपन्न बर्गका ब्यक्त्तीहरूलाइ स्वास्थ्य,शैक्षिक सामग्री सहयोग गरेको छ भने खाध्यान्न सामग्री गर्ने तयारीमा छ । बिद्याथीर्हरूलाइ कापी,कलम, कलर पेन्सिल,सर्जिकल मास्क र झोला सहयोग गरेको बताइएको छ ।
यस्तै संस्थाद्धारा सञ्चालित परियोजना मार्फत दैलेखको दुल्लु नगरपालीका र बर्दियामा गरि बिद्यार्थी तथा विपन्न जनस्तर तथा एकल महिला हरूलाइ समेत सहयोग गर्दै आएको यस संस्थाले कोभिड बाट प्रभावितहरूलाइ घर घरमै गएर मनोपरामर्श तथा सुझाव सल्लाह दिने गरेकोमा स्थानियहरूले पनि खुसी ब्यत्त गरेका छन ।
संस्थाका संकल्प परियोजना प्रमुख चक्रराज गिरि ९चेतन०ले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० रोकथाम नियन्त्रण र संक्रमितहरुको उपचारका सन्दर्भमा संस्थाले स्थानीय तह, अस्पताल र समुदायस्तरमा स्वास्थ्य सामग्री र उपकरणहरु सहयोग उपलब्ध गराउँदै आएको बताए । आवाज संस्था द्धारा सञ्चालित विभिन्न परियोजना र कार्यक्रममा कार्यरत कर्मचारीहरु आफ्नो कार्य क्षेत्रमा आम नागरिकहरुसँगै रहेर काम गरिरहेको समेत संस्थाका संकल्प परियोजना प्रमुख गिरिको भनाई छ ।
संस्थाद्धारा मंगलवार आयोजित कार्यक्रममा आवाज बिहिनहरुको आवाज बन्दै दुल्लू नगरपालीका ४,७,८ मा एकपात लग्जमवर्गको आर्थिक सहयोग, दुल्लू नगरपालिकाको समन्वय र आवाज संस्थाको सहजीकरणमा कोरोना महामारीको यो बिषम परिस्थितिमा आर्थिक रुपमा अत्यन्तै बिपन्न परिवारका बालबालिकाहरुलाई बालसुलभ केन्द्र संचालन गरेको र आवाज संस्था द्वारा संन्चालित बालसुलभ केन्द्रमा अध्ययनरत भाईबहिनी का साथै विद्यालयमा अध्ययनरत विद्यार्थी भाईबहिनी हरुलाई स्वास्थ्य तथा शैक्षिक सामग्री हस्तान्त्रण गरेकोमा दुल्लू नगरपालीका वडा नं ७ का वडा अध्यक्ष लाल बहादुर रावत ले आवाज संस्था तथा एकपात लग्जमवर्ग लाइ धन्यवाद तथा आभार प्रकट गर्नु भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै नगरस्तरीय ब्रामण९पुरोहित० समुहका अध्यक्ष भक्ति प्रसाद उपाध्यायले रिजाल ले संस्थाले महिला र बाल अधिकारका सवालमा गरिरहेको कामको प्रशंसा गरेका छन् । उनले महामारीको समयमा बिद्यार्थीहरूलाइ शैक्षिक तथा स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा आवाज संस्थालाइ धन्यवाद ज्ञापन गरे । नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयका सहायक प्र।अ भागवत हमालले दोस्रो लहरको कोरोना भाइरस प्रतिकार्यका लागि संस्थाले महत्वपूर्ण योगदान दिएको बताए ।
उक्त कार्यक्रममा दुल्लू न।पा वडा नं ७ का वडाअध्यक्ष, दुल्लू न।पा वडा नं ८ का वडासदस्य,बालसुलभकेन्द्रका कमर्चारिहरू,बिभिन्न वडाका सामाजीक परिचालकहरू,युवा समूह,बाल क्लब लगाएत आवाज संस्था का संकल्प परियोजना प्रमुख चक्रराज गिरी लगाएतको उपस्थिति भएको कार्यक्रममा बालबालीकाहरूलाइ सहयोगमात्र नभइ बालबिबाह गर्नुहुन्न भन्ने समेतको जानकारी दिनुका साथै नजिकका सम्पूण रेडियो स्टेशनबाट कार्यक्रम संकलप प्रसारण हुने र उक्त कार्यक्रमा बालबालीकाहरूको बारेमा बिषेश जानकारी हरू प्रषारण गरिनेहुनाले उक्तकार्यक्रम सहित सुन्न आग्रह गरिएको यस कार्यक्रमको संचालक भावना शाहले जानकारी दिएकी हुन ।
भोलि बुधबार वडा नं ७ मा खाद्यान्न बितरण गरिनुका साथै वडा नं ५ र ७ मा पनि शैक्षिक तथा स्वास्थ्य सामाग्री बितरण गरिने कार्यक्रम संचालक शाहले जानकारी दिइन ।
