
तुलसीपुर: तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरका सवै वडामा कृषि तथा पशु सेवा विकास शाखा स्थापना गर्ने बताएका छन् । आगामी वर्ष किसानलाई गाउँघरमै सेवा प्रदान गर्ने लक्ष्यका साथ तुलसीपुरका हरेक वडामा कृषि प्राविधिक सहितको शाखा स्थापना गर्ने उद्घोष गरेका हुन् ।
१८ औँ राष्ट्रिय धान दिवसका अवसरमा तुलसीपुर ७ खर्चुवामा आयोजित धान रोपाई कार्यक्रममा बोल्दै उनले मानव स्वास्थ्यका लागी हरेक वडामा स्वास्थ्य संस्था संन्चालन गरे जसरी अव किसानलाई घरदैलोमा कृषि प्राविधिक सेवा दिने लक्ष्य रहेको बताए । उनले आगामी आथिर्क वर्षमा किसानहरुका लागी कृषि तथा पशुपंछि मेट्रो हस्पिटल समेत स्थापना गरिने बताए ।
त्यसको लागी उपयुक्त जग्गाको खोजी भईरहेको उनले जानकारी दिए । यस्तैगरी व्यावसायीक कृषि खेती गदै आएका कृषकका लागी स्मार्ट किसान क्रेडिट कार्डको अवधारणा ल्याएको बताए ।
यसैविच उनले धान उत्पादनमा जोड दिन किसानहरुलाई आग्रह गरेका छन् । मंगलबार राष्ट्रिय धानदिवसको अवसरमा किसानहरुलाई शुभकामना दिँदै नगर प्रमुख पाण्डेले आयातलाई प्रतिस्थापन गर्नका लागि धानको उत्पादकत्व बढाउनुपर्नेमा जोड दिए । केही दशक अघि धान निर्यात गर्ने नेपालले अहिले चामल आयात गरिरहेको बताउँदै यस्तो आग्रह गरेका हुन् ।
‘नेपाली समाजका हरेक सामाजिक र सांस्कृतिक कार्यहरुमा धान अनिवार्य छ, उनले भने–‘ राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन र रोजगारीको सुनिश्चितताका लागि धान नेपालको प्रमुख बाली पनि हो ।’
कृषिको व्यवसायिकरणको माध्यमबाट रोजगारीको
अवसर श्रृजना गर्न उन्नत जातका बीउबिजन र मलखादलाई सहज उपलब्ध गराउनेगरी तुलसीपुर उपमहानगरपालिकाले कृषिमा जोड दिएको बताए ।
