दाङमा बस दुर्घटना , आठजना घाईते

दाङ:  राप्ती राजमार्ग अन्तरगत तुलसीपुर–कपुरकोट सडक खण्डमा यात्रुबहाक बस दुर्घटना भएको छ । सल्यानबाट नेपालगन्ज जादै गरेको रा १ख २४३९ नंम्बरको बस तुलसीपुर उपमहानगरपालिका ३ सिरखोलामा दुर्घटना भएको हो । दुर्घटनामा परि आठ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक झलक शर्माले जानकारी दिए ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बस सडकबाट १० मिटर तल खसेको उनले बताए । दुर्घटनाको कारण खुल्न सकेको छैन । घाइतेहरुको अवस्था समान्य रहेको शर्माले बताए ।