साहित्यकार र नाट्यकर्मी मिलेर झोराहाटमा धान दिवस मनाए

बिराटनगर :  सदाको वर्ष झैँ यसपालि पनि मोरङको झोराहाट स्थित झोराहाट नाट्य समुहले १८ औँ धान दिवस मनाएको छ ।

विराटनगर लगायत झापाका साहित्यकारहरूको उपस्थितिमा झोराहाट नाट्य समुहले आज धान दिवस मनाएको हो । नाटकघर छेउमा रहेको ५ कठा खेतमा रोपाइँ गरेर साहित्यकारहरूको उपस्थितिमा धान दिवस मनाएको हो ।

रोपाइँ पश्चात साहित्यकारहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । साहित्यकारहरूलाई एकै ठाउँ रोपाइँमा सहभागी गराउन र आफ्ना सिर्जना प्रस्तुत गर्न नाट्य समुहले हरेक वर्ष धान दिवस मनाउने गरेको नाटकघरका अध्यक्षभरत गुरागाई बर्बरिकले बताए ।