
काठमाडौं :शहीद स्मारक ए डिभिजन फुटबल लिग आगामी असोज ०३ गतेबाट काठमाडौंमा सुरु हुने एन्फाले जनाएको छ ।
एन्फाले सोमबार एन्फा हाउस सातदोबाटोमा आयोजित ए डिभिजन क्लबका प्रतिनिधीहरुसँगको भर्चुअल बैठकबाट उक्त मिति तय गरेको हो ।
एन्फाले विज्ञप्तिमा भनेको छ ।
बैठकले लिगको लागि साउन १५ गतेबाट खेलाडीहरूको दर्ता खोल्ने निर्णय पनि गरेको छ ।यस अघि गत सिजनको लिग रेलिगेशन बिना गराईएको थियो भने मछिन्द्रले लिग जित्दा आार्मी उपबिजेता बनेको थियो ।
