कथा-पहेलो ज्याकेट ,भाग -५ :बिकल्प श्रेष्ठ

 

नम्बर देख्न साथ खुशीको त सिमा नै रहेन ।

एकपल्ट सोचौँ न आफुले माया गरेको मान्छेको फोन नम्बर पाइएको थियो सानोतिनो कुरा त होइन नि ?

कल गर्न लागेको थियो फेरि मनमा के आयो भने ( कसरी कल गरुँ ? उसले त अहिले सम्म मलाइ याद नि गरेको छैन होला ? चिनेको नि छैन होला ? म कसरी उसलाइ फोन गरेर भनुँ म तिम्लाइ माय गर्छु । तिम्लाइ सुरुवात बाटै चाहन्छु ।

मैले यस्तो भन्न नसक्ने हैन तर बिडम्बना के हो भने यस्तो भनिसकेपछि सदाको लागि सम्बन्धको अन्त्य पक्का हो । अहिलेको लागि त कम से कम अपरिचितको सम्बन्ध नै मात्र नै भए पनि त छ तर यस्तो गरिसकेपछि भनेको सायद त्यो सम्बन्ध पनि रहँदैन । बिडम्बना अनि म आफ्नो सम्बन्ध आफ्नै आँखा अगाडि टुटेको देख्न कसरी सक्छु नि ?

त्यो भन्दा उत्तम उपाय त बरु के हुन सक्छ भने नम्बरमा फोन गर्नु अगाडि एकदुइपटक उ सङ्ग फेस टु फेस कुरा गर्दा उचित होला ।

यतिकैमा सन्तोषले भन्यो ( ल यार खाना खाम् अब तिम्लाइ पर्खेर बसेको ?

त्यसपछि मैले भनेको ( एक्छिन् ल म नुहाउँछु आज पुरा जिउ पसिन गनाइराछ ।

सन्तोशले अलि झर्किए झै गरि भन्यो यार यत्रो बेर देखि पर्खिएर बसेको अब फेरि नुहाउने । यहा मान्छेलाइ भोक लागि सक्यो ।

अब जे भए पनि उसले यत्रो समय पर्खिएको नै छ । त्यसैले अलि नरम नै भएर भने यार जिउ गनाएको छ । अनि कहा यसरी खाना खानु । म नुहाएर आउँछु नि त अनि खाम्ला । कि तिम्लाइ भोक लागेको छ भने तिम्ले खाँदै गर्दा हुन्छ नि त यार ? म नुहाएर आउँछु अनि खान्छु नि त म ।

मैले यो कुरा राम्रो नियतले भनेको थ्ये तर खै सन्तोशले के सोच्यो थाहा भएन ।

अलि झर्किदै भन्यो यस्तै हो मासला नेवारहरु, कप्टि हुन्छ स्वार्थि हुन्छ । ल ल जाउ नुहाउ ।

मान्छेहरु जातको आधारमा किन मान्छेको चरित्र चित्रण गर्छन् । कुन शास्त्रमा लेखिएको छ । बाहुन जातको चरित्र यस्तो हुन्छ क्षेत्रीको यस्तो हुन्छ राइ मगर लिम्बुको यस्तो हुने तामाङ्ग र गुरुङ्गको यस्तो हुने कामि र दमाइको अलि यस्तो हुने नेवारको यस्तो उस्तो हुने

यसरी चित्रण कुन पुस्तकमा भएको छ ?कुन शास्त्रमा कोरिएको छ ?

यदि छैन भने किन यसरी कुरा गरिन्छ ?अनि यदि छ भने पनि त्यस्तो शास्त्र पढ्न योग्य नै छैन ।

म चकित परे सन्तोशले कसरी यस्तो सोच्न पुग्यो । सोच्न त सोच्यो तर भन्ने हिम्मत चाहि कसरि गर्यो । बाफ्रे भने पनि फेरि मेरै सामु, मैले सुन्ने गरि कसरि भनेको त छक्क पर्नु ।

मलाइ रिस त उठेको तर केहि भन्नै मन लागेन ।

म केहि भनुँला फेरि उसले निस्केर जा भन्देको भए म के गर्थे । चुपचाप लागेर हिड्नु बाहेक मेरो सामु अर्को कुनै उपाय थिएन । उसको कोठा हो । म आएको त भर्खर दुइ चार दिन त हुँदै छ ।

अनि मैले भने ल ल यार जे सुकै गर । म चाहि नुहाएर आउँछु ।

यति भनेर म तल झरे ।

सन्तोश एक्लै मुरमुरिदै थ्यो, के भनेको मैले बुझिन ।

 

भोलिपल्ट निस्किने बेला काममा हिँड्ने बेला सन्तोशले भन्यो बिकल्प ? सुन त एउटा कुरा गर्नु थ्यो तिमी सङ्ग ?

म हिँड्न आँटेको मान्छे पनि बस्दै भने अ भन न के कुरा हो ?

सन्तोशले त्यसपछि भन्न थाल्यो  सुन तिमी त मेरो लागि अपरिचित नै हौ । यहा सङ्गै बस्नु भन्दा अगाडि न कहिल्यै देखेको न कहिल्यै भेटेको । बस् साथीको माध्ययम बाट परिचय भयो, चिन्जान भयो । अहिले सङ्गै रुममा बस्दै छौँ । कारण कुनै दोस्ति निभाउन या केहि अरु होइन सिर्फ यति नै हो कि भाडा केहि सस्तो हुन्थ्यो कि ? तर अब यहा बस्न थाले पछि लाग्न थाल्यो बिना कारण झगडा पर्ला जस्तो भो । बरु यो भन्दा राम्रो त छुट्टै छुट्टै बस्दा नै हुन्थ्यो होला । मिल्छ भने ७/८ दिनमा अर्कै कोठा खोजेर सरेर बस न ल । त्यसै दुश्मनी किन मोल्नु ।

सन्तोशको कुरा सुनेर म छक्क परे । अच्चम्म भए । के भनुँ के नभनुँ भएँ । तर मैले भन्न सक्ने ठाउँ केहि थिएन । अनि मैले बिस्तारै सानो आवाजमा भने ल ठिक छ त्यसो हो भने म हेर्छु बाहिर अरु कोठा ।

यति भनेर म सरासर तल झरेर काम गएँ ।

बेकरिमा पुगेँ ।

बिहान आठ बजेको सिफ्टकोहरु काम गरिराका थिए । हुन त मेरो सिफ्ट बिहान ९ बजे देखि हो तर त्यो दिन अलि ढिलो ढिलो पुग्यो । बर्दान नि आइसक्या रैछ उ अझै काकाकै घरमा बस्छ ।

त्यसपछि म पनि अरु सङ्ग हात बाँड्न थाले ।

सबै काम सकिएपछि भनेको एकपल्ट पोछा लगाइन्छ । पालैपालो बनाएको थ्यो, मेरो पालो बेलुका मात्र आउँथ्यो ।

बिहान भनेको ८ बजेको सिफ्टमा काम गर्नेहरुको मात्र हुन्थ्यो ।

लगभग पोछा हान्ने बेलातिर लक्ष्मि र आरति बुनु दोकान खोल्न आउँथे ।

पोछा हान्ने बेला हुने बितिकै आरति र लक्ष्मि नि आइपुगे ।

मलाइ देख्ने बितिकै आरति बुनुले भनि गुड मर्निङ्ग दा सन्चै हुनुहुन्छ ?

मैले पनि जवाफ दिदै भने उम्म बुनु सन्चै छु नि । अनि तिमी नि ?

हामी बोलेको लक्ष्मिले मुसुमुसु हाँस्दै हेर्दै थिइ । मानौ हल्का लजाए जस्तै, हल्का अप्ठ्यारो माने झै गरेर ।

लक्ष्मि अर्को पट्टिको सटर तान्न गएकी थिइ । आरति बुनुले सानो आवाजमा भनि अनि लक्ष्मि दिदिलाइ कल गर्नु भो ?

मैले हाँस्दै भने नाइ छैन गरेको ।

उसले फेरि सोधि किन नि ?

मैले कुरा टार्दै भने हैन अब आज गर्छु ।

उसले ए भनि र त्यहा बाट गइ ।

 

आफुलाइ एकातिर अब रुम खोज्नुको टेन्सन भैरा थ्यो । कहा कसरी खोज्नु ? न कोहि चिनेको न कोहि जानेको टेन्सन नै टेन्सन ।

अब लक्ष्मिलाइ दिनभरि त हेरि नै हालिन्थ्यो तर खै त्यतिबेला किन उसलाइ हेर्दा पनि मन खिन्न नै भैरहेको थ्यो सायद मनमा असिमित पिडा भएर हुन सक्छ । कसैको मुस्कानले मनभित्रको पिडालाइ सधै हल गर्न पनि नसक्दो रहेछ ।

त्यो दिन काम सकेर म रुम फर्किन्दै थिए, बाटोमा एउटा पोस्टर देखियो ।

नजिकैको सिटि सेन्टरमा तिन दिनको फुड फेस्टिबल रैछ ।

हो त्यहि सिटि सेन्टरको मेला बाट नै यो कहानीको सहिमा सुरुवात भएको हो‘ …………………..‘‘भाग ६ पढन नभुल्नुहोला