रुपन्देहीमा २५ सिट भन्दा बढि क्षमताका सार्बजनिक सवारीहरु जोर बिजोर प्रणालीमै संचालन हुने

लक्ष्मी श्रेष्ठ
बुटवल :रुपन्देही जिल्लाले १ हप्ता निषेधाज्ञा थप गरेको छ निषेधाज्ञा थप भए संगै असार २१ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा थप भएको हो ।

प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्गले आज एक सुचना जारी गर्दै यातायात संचालनमा केन्द्रको आदेशलाई निरन्तरता दिदै निजि सवारी साधनलाई जोर बिजोर प्रणाली अनुसार चल्न दिने निर्णय गरेको छ भने सार्बजनिक यातायातहरुमा पनि २५ सिट भन्दा बढि क्षमताका सवारीहरु जोर बिजोर प्रणालीमै आधा सिटमा मात्र यात्रु राखेर रुपन्देही जिल्लाभरी मात्र संचालन हुने जनाएको छ ।

सुरक्षाकर्मी, प्रहरी, दमकल, एम्बुलेन्स तथा स्वास्थ्यकर्मीहरुका सवारी भने निर्बाध रुपमा संचालन हुन पाउने छ भने औषधी तथा पानी, दूध, पेट्रोलियम पदार्थ तथा कुरियरका सवारीहरुपनि निर्बाध रुपमा संचालन हुन सक्नेछन् ।

त्यसैगरि केन्द्रकै आदेश अनुसार होटल, रेष्टुरेन्स, डान्स तथा दोहोरी, पार्टी प्यालेस तथा डान्सबारहरु, जिम तथा फुटसल, सैलुन तथा ब्युटिपार्लर साथै क्याटरिङ्ग लगायतका सेवाहरु भने बन्देज गरिएको जनाएको छ ।

जिल्लामा हुन सक्ने कृतिम अभाव रोक्न अनुगमनलाई पनि तिब्र बनाउने, मास्क नलगाई आवतजावत गर्न बन्देज गर्ने, २५ सिटभन्दा बढि क्षमताका सार्बजनिक बसहरुमा आधामात्र यात्रु राख्नुपर्ने साथै अनिबार्य रुपमा मास्क र स्यानिटाईजरको ब्यबस्था गरिनुपर्ने समेत जनाएको छ ।