

रेश्मा बिसङ्के
धादिङ :धादिङ जिल्लाको गंगाजमुना गाउँपालिका वडा नं १ रि की गर्भवती सुमिना तामाङलाई सुरक्षित प्रशुतिका लागि स्थानिय रि स्वास्थ्य चौकिको सिफारिसमा गाउँपालिकाद्वारा हवाई उद्दार गरिएको छ ।
गाउँपालिकाको वडा नं.१ मा रि स्वास्थ्य चौकिमा प्रशुतीमा कठिनाई हुने देखिए पश्चात गंगाजमुना गाउँपालिकाले आफ्नो खर्चमा हेलिकप्टर मार्फत १७ बर्षिय सुमिना तामाङ्गलाई हेलिकप्टर मार्फत थापाथली प्रशुती गृह, काठमाडौं पठाएको हो ।
जिल्लाको गंगाजमुना गाउँपालिकाले आफ्नो पालिकाका बिरामीहरुलाई लक्ष्यित गरि १० बेड क्षमताको ग्रामिण अस्पताल संचालन गरिसकेको छ भने २ वटा ग्रामिण एम्बुलेन्स सेवा पनि संचालन गरिरहेको छ साथै गाउँपालिका भित्र सुरक्षित प्रशुतीमा कठिनाई उत्पन्न भए निशुल्क हेलिकप्टरको सुबिधा समेत उपलब्ध गराउँदै आईरहेको छ ।
यसै सिलसिलामा गाउँपालिकाले यस अघि आफ्नो पालिकाको ३ जना गर्भवती महिलालाई आकस्मिक उद्दार गरिसकिएको गंगाजमुना गाउपालिका, धादिङ्गबाट स्वास्थ्य शाखा प्रमुख दिपक अधिकारीले भिजन न्युज नेपाललाई जानकारी दिएका छन ।
