स्थानीय तहकाे प्रमुखमा एमाले सबैभन्दा बढी उम्मेदवार खडा गर्ने पार्टी

काठमाडौं : आगामी ३० वैशाखका लागि तय भएको स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सबैभन्दा बढी उम्मेदवार खडा गरेको छ।

७५३ वटै स्थानीय तहका लागि केपी शर्मा ओली नेतृत्वको एमालेले ३१ हजार ४२५ उम्मेदवार खडा गरेर धेरै उम्मेदवार खडा गर्ने दलको रुपमा रेकर्ड पनि कायम गरेको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार १८ हजार ५४३ जना पुरुष मात्रै उम्मेदवार रहेका छन् भने १२ हजार ८८२ जना महिलालाई एमालेले उम्मेदवार बनाएको छ।

देशका ७५३ मध्ये १५ वटा मात्रै नगरप्रमुख र गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता नगराएको एमालेले ७ सय ३८ जनालाई नगरप्रमुख र गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएको आयोगको रेकर्डमा उल्लेख छ।

जसअनुसार २६ जना पुरुषलाई नगर उपप्रमुख बनाएको एमालेले २६० जना महिलालाई नगरप्रमुखको दावेदारको रुपमा प्रस्तुत गरेको छ। ३५ जना पुरुषलाई गाउँपालिका उपाध्यक्षमा खडा गरेको र ४१० जनालाई उपाध्यक्षको रुपमा मैदानमा उतारेका छ।

६ हजार ५२३ जना मध्ये ६ हजार ४०५ वडा अध्यक्षमा पुरुषलाई उठाएको एमालेले सोही पदमा जम्मा ११८ जनालाई महिला मात्रै वडा अध्यक्षको रुपमा सिमित पारेको छ।

६ हजार ४११ जना महिला, ६ हजार २०९ जना दलित महिला वडा सदस्य उठाएको एमालेले १२ हजार ३५० जना पुरुष, ५४१ जना महिलालाई उम्मेदवार बनाएको छ।