मोरङ प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउदै आगामी असार २१ गतेम्मका लागी थप गर्यो

विराटनगर :कोरोना भाईरसको दोस्रो लहरको उच्च जोखिमलाई मध्यनजर गर्दै जारी गरिएको निषेधाज्ञा मोरङमा खुकुलो बनाईदै लगिएको छ । झण्डै २ महिना बढी जारी निषेधाज्ञालाई मोरङ प्रशासनले खुकुलो बनाउदै लगेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले खुकुलो बनाउदै केही प्रावधान सहित एक साताका लागि निषेधाज्ञा अवधी थप गरेको छ । जिल्ला कोरोना संक्रमण व्यावस्थापन समितिको आज सोमबार बसेको बैठकले निषेधाज्ञाको अवधी असार २१ गतेसम्म थप गरेको हो ।

खुकुलो प्रावधानसहित थप गरिएको निषेधाज्ञा अवधीमा निजी सवारी जोरबिजोरका आधारमा सञ्चालन गर्न पाइनेछ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार सार्बजनिक सवारी तत्काल सञ्चालन नगर्ने निर्णय भएको छ । बजारका पसल दिउँसो ४ बजेसम्म खुला गर्ने निर्णय भएको जिल्ला प्रशासनले जनाएको छ ।
यस अघि बजार पसल ११ त्यसपछि १२ बजेसम्म खोल्ने दिने निर्णय भएको थियो । भने भोलीबाट ४ बजेसम्म बजार पसल खोल्न दिने निर्णय भएको छ । सरकारी कार्यालयहरु

खुला गर्न अनुमति दिइएको उनले बताए । होटल, रेस्टुरेन्ट सिनेमा हल, जिम भने तत्काल खुला गरिएको छैन । असार ७ गते थप गरिएको निशेधाज्ञा आज राति १२ बजेबाट सकिदैछ । प्रशासनले आगामी असार २१ गते सम्म पुन निषेधाज्ञाको समय बढाएको छ।