
एउटा कुरा भने है !!
तिमी कुनै ब्यक्ति र पार्टीको
झोले बनेर कुनै पनि मुद्दामा आफ्नो प्रचार नगर !!
धेरै पर नजाम !
हाल सालैका कुरा गरौ !
अस्ति निर्मला पन्तको नाममा
प्ले कार्ड बोकेर माईतीघरमा पुग्यौ
आफू र आफ्नै संगठनको बिज्ञापन गर्यौ
हिजो नवराज बि:क को नाममा
प्ले कार्ड बोकेर माईतीघर पुग्यौ
आफू र आफ्नै संगठनको बिज्ञापन गर्यौ
र
आज रुपा सुनारको नाममा
प्ले कार्ड बोकेर माईतीघर धाउदै छौ
आफू र आफ्नै संगठनको बिज्ञापन गर्न !!
कति स्वार्थवादी है तिमी कति प्रचारवादि है तिमी !!
यदि हत्या हिंसा अन्त्य कै लागि पुगेका हौ भने !!
यदि छुवाछूत प्रथा अन्त्य कै लागि पुगेका हौ भने !
निर्मलाको मुद्दा जहाँको त्यहि छ !
नवराजको मुद्दा जहाँको त्यहि छ !!
किन ??
तिमी कति स्वार्थवादी है ??
भोलि फेरि अर्को कुनै मुद्दा चल्छ !
तिमी फेरि आफू र आफ्नो संगठनको बिज्ञापन कै लागि !
प्ले कार्ड बोकेर माईतिघरमा उफ्रिन कराउन चिच्याउन पुग्छौ !
निर्मला , नवराज को जस्तै रुपाको मुद्दा पनि
जहाँको त्यहि रहन्छ !
तिमी नयाँ सिकारमा ब्यस्त भैहाल्छौ !!
ए साथी के छ ए माईतीघरमा ??
वास्तविकता समाज मा छ समाज बुझ !!
तिमी अध्ययनविदका यी कर्तुत
हामी अध्ययन कम वालाको बोली !
समाजले सहि गलत छुट्याउने छ !!
सिङ्गो दलित समुदायको कुप्रथा बिरुद्ध
बोलेकी रुपालाई सलाम छ
अब दलित समुदाय भित्र कै कुप्रथा बिरुद्ध
बोल्ने हामी एकजुट हुन जरुरी छ !!
ए साथी ?
प्रचारवाद बन्द गर
कुनै पनि मुद्दालाई आफ्नो बिज्ञापन नबनाऊ ?
मिलेर बसेको समाजलाई युद्धको संकेत नदेऊ !!
पहिले आफ्नो समुदाय लाई
छुवाछूत मुक्त गर , अनि अघि बढ
हार्दिक शुभकामना ……………..!!
