
भन्न मन त निकै छ नि अरु के भनौँ
भन्ने मौका दिन्नौ अनि अरु के भनौँरु
आमा र देश पैले देखि बसिरहेछन
दिलमै बस तिमी पनि अरु के भनौँ
आफू जस्तो बन्ने प्रयास गर्दागर्दै पनि
तिमी जस्तै भो चाँदनि अरु के भनौँ
बाचुन्जेल देशको भएँ अरुको भएन
मर्न मन छ तिम्रो बनी अरु के भनौँ
फेरि पनि गुलाफ कमल सम्म पुग्यो
फेरि बल्झियो दुस्मनी अरु के भनौँ
