

नेपाली गीतसंगीतमा धेरै व्याक्तिहरुको महत्वपूर्ण योगदान रहेको पाइन्छ ।पछिल्लो समय सामाजिक संजालले गर्दा यो क्षेत्रमा अझ धेरै मानिसहरु आकर्षित भएको पाइन्छ । नयाँ गीतकार संगीतकार तथा कलाकारहरु अरुको देखासिकीको भरमा आएकोले धेरैजसो लामो समय टिक्न सक्दैनन् तर जति टिकेका छन् ति सबैले राम्रो गर्दै आएका छन । नेपालमा कलाकार अझ कलाकारमा पनि गीतकारहरुको जन्म जव नेपाली माटो छोडेर पाइलाहरु विदेशी भूमिमा टिक्छन अनि याद आउछ डाडापाखा,बाआमा ,श्रीमान्,श्रीमती छोराछोरी साथीसंगीको अनि फुर्न थाल्न्छ मनमा गीत तथा अन्य साहित्यिक कुराहरु ।
आज हामीले यस्तै विगत लामोसमय देखि विदेशमा बसेर नेपाली गीतसंगीतमा लागेकी गीतकार प्रतिमा गुरुङसँग कुरा गरेकाछौ । पश्चिम नेपालको कास्की जिल्लामा जन्मेकी गुरुङ हाल युरोपियन मुलुक फ्रान्समा बस्दै आएकी छन र उनी नेपाली गीतसंगीतको शिरवृद्धिमा लागि परेकी छन् ।
आज भोलि केमा व्यस्त हुनुहुन्छ ?
उही त होनी परदेशी परियो काम नगरी खानु छैन’ सानो जब छ त्यसमा ब्यस्त अनि फुर्सद भयो कि गीत लेखनमा व्यस्त’ अनि गीत संगीत सुन्नमा र नयाँ नयाँ ठाउँमा घुम्नमा साहित्य किताबहरु पढ्नमा ब्यस्त छु ।
गीत संगीतको अलावा के गर्नु हुन्छ ?
गीत संगीत अलावा काम गर्ने’ फुर्सदको समयमा प्रकृति प्रेमी परियो नयाँ नयाँ ठाउँ घुम्ने’आफ्नो घरको कामहरु गर्ने ।
गित संगितको यात्रामा कसरी लाग्नु भयो ?
सानै देखि गीत संगीत सुन्ने ‘ गीत संगीतमा लगाव थियो’ पुराना पुराना गीत संगीत सुन्दा आनन्दको अनुभूति हुन्थ्यो’ आफुले पनि यस्तै गीत रचना गरेर स्रोताहरुको माझ ल्याउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो पछि पछि गीत संगीतमा अझै झुकाव बढ्न थाल्यो’ सोहि अनुरुप गीत संगीतमा लागियो ।
तपाईलाई गीत संगीत कस्तो होस जस्तो लाग्छ ?
गीतले स्रोताको मन मुटु अन्तस्करणमा बास गर्ने खालको हुनु पर्छ’ थोरै स्रोताको मन छोवोस तर यसरि छोवोस कि त्यो गीत हर पल याद होस्’ गीत संगीत रमाईलो पनमा होस् या दुख को क्षण मा होस् आनन्द तुल्यावोस ।
के कलाकारहरु गीत संगीत क्षेत्र बाट नै बाँच्न सक्छन् जस्तो लाग्छ तपाईंलाई ?
सकिन्छ तर क्रियसन गर्ने ‘ प्रतिभावान हुनु पर्यो’ नयाँ नयाँ खोज गर्न साक्ने एक्स्ट्रा चिजहरु स्रोताहरुलाई दिन सक्ने खालको हुनपर्यो अवश्य बाँच्न सकिन्छ । त्यति भएन भने गाह्रो छ ।
नेपाली गीत संगीत क्षेत्रमा धैरै विकृती आएका छन् यसलाई कसरी लिनु भएको छ ?
विकृती नेपाली गीत संगीत क्षेत्रमा मात्र होइन हरेक क्षेत्रमा छ तर त्यसलाई कसरि सुधारेर राम्रो गीत संगीत स्रोताहरुलाई दिने भन्ने कुरा हो’ अश्लिल शब्द प्रयोग भएका ‘ परिवार संग संगै सुन्दा सुन्ने नसकिने खालका गीत संगीतलाई सम्बन्धित निकाय’ले खबरदारी गरि एउटा नीति नियम बनाएर पालन गरियो भने अवश्य सुधार हुनेछ ।
कसको प्रेरणाले गीत संगीत क्षेत्रमा लाग्नु भयो ?
यसको प्रेरणाले भन्ने नै छैन’ मलाई गीत लेखनमा प्रेरणा भनेको नै पुराना पुराना कालजयी गीतहरु हुन् ‘ जस्तै मुटु माथि ढुंगा राखी’ दुइटा फुल देउरालीमा’ जहाँ छन् बुद्धका आँखा’ पोहोर साल खुशी फाट्दा’ अन्य धेरै पुराना कालजयी गीतहरु हुन् ।
यस क्षेत्रमा लाग्नको लागी तपाई लाई घर परिवार बाट कतिको साथ सहयोग मिलेको छ ?
परिवार’को साथ भन्नाले त एस्तो हो ‘ म गीत रचना गर्छु’ अनि गीत संगीत बजारमा दर्शक स्रोतामाझ पुर्याउँछु’ राम्रो गरेकी छस राम्रो भान्नुहुन्छा परिवारले त्यही हो मेरा लागि त्यहिनै साथ् सपोर्ट हो ।
गीत संगीतमा विभिन्न राष्ट्रिय स्तरका म्यूजिक अवार्ड भैरहेका हुन्छन’ हजुरले कुन कुन अवार्ड प्राप्त गर्नु भएको छ ।
मैले गीत संगीतमा लागेर र गीत संगितमा मेरा रचना हरु’ले अथवा मैले प्राप्त गरेका अवार्डहरु’
पहिलो सगरमाथा म्यूजिक अवार्ड ” सर्बोत्कृष्ट महिला गीतकार पब्लिक च्वाईस अवार्ड
तेस्रो बोष्टर ईन्टरटेनमेन्ट अवार्ड : सर्बोत्कृष्ट पप गीतकार
पहिलो नेपाल आर्ट कल्चरल एण्ड म्यूजिक अवार्ड : पोपुलर गीतकार अफ द ईयर अवार्ड
तेस्रो नाटयस्वर म्यूजिक अवार्ड : सर्बोत्कृष्ट आधुनिक गीतकार अवार्ड
दोस्रो ज्योति फिल्मस म्यूजिक अवार्ड : सर्बोत्कृष्ट आधुनिक गीतकार अफ द ईयर अवार्ड
नवौँ म्यूजिक खबर म्यूजिक अवार्ड : सर्बोत्कृष्ट आधुनिक गीतकार अवार्ड’ प्राप्त गरेकी छु भने केहि राष्ट्रियस्तर’को सम्मान बाट सम्मानित पनि भएकी छु’ जस्तै
ज्योति फिल्मस म्यूजिक अवार्ड २०७६ मा राष्ट्रिय गीतकार तथा समाजसेवी सम्मान
नेशनल क्यापिटल अवार्ड २०७७ मा राष्ट्रिय गीतकार तथा समाजसेवी राष्ट्रिय स्रष्टा सम्मान
मिक्सडिया फेशन शो २०७८ मा गीतकार तथा समाजसेवी राष्ट्रिय स्रष्टा सम्मान
रिबोन ईन्टर टेनमेन्ट’को आयोजनामा राष्ट्रिय व्यक्तीत्व तथा स्रष्टा सम्मान २०७८ मा गीतकार तथा समाजसेवी संगीतकर्मी संम्मान’ आखिर मेरा लागि गीत संगीतमा लागेर मैले कमाएको अमुल्य सम्पत्ति एक श्रष्टा’को लागि यो भन्दा ठुलो सम्पत्ति के नै हुन सक्छ र ?
पछि गएर के गर्ने योजना बनाउनु भएको छ ?
गीत संगीतमै एउटा नयाँ आयाम ल्याउने योजना छ’ हेरौं के कत्तीको गर्न सकिन्छ’यति सम्म गर्न भ्याएको छु संगीतमा अझ धेरै’ अजर अमर कालजयी शब्द रचाना गीत संगीत सिर्जना गर्न सकूँ त्यहि हो ।
तपाईं समाजसेवी पनि कसरि समाजसेवा गर्नुहुन्छ ?
मैले म आफैलाई समाजसेवी भनेको होइन’ पछिल्लो समय कोरोनाको कारण लक् डाउनमा मारमा परेका गरिब दु;खि असहायहरुको दुख देख्न नसकेर मैले आफुले खाने खर्च बाट केहि रकम कटौती गरेर बचाएर राखेको रकम बाट खान नपाएका’ गरिव दुखिहरुलाई रासन पानि दिएर अलिकति मल्हम लगाउने काम मात्र गरेकी हूँ भने अस्पतालमा बिरामी भएकालाई केहि पैसा सहयोग पनि गरेकी हूँ । त्यो सहायोग मेरो आफ्नो नितान्त ब्यक्तीगत हो’ मैले कसै संग मागेर संकलन गरेर गरेको सहयोग होइन र दुखिहरुको एस्तो सहयोग फेरी पनि गर्नु परे’आफुले जति सकिन्छ त्यो गर्नमा म पछि हट्दिन आखिर नेपाली हूँ नेपालीलाई दु;ख पर्दा त मन रोईहाल्छ्नी ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
नेपाली हौँ नेपाली मन नेपाली पन र भावनात्मक दयालु पनि हुनुपर्छ ‘ नेपाली गीत संगीत’लाई मायाँ गरौँ’ आफु भन्दा अग्रजलाई सम्मान गरौँ’ अनुजलाई मायाँ गरौँ ‘ नेपाली गीत संगीतलाई विश्व बजारीकरण गर्नमा लागि परौं ।
