कथा-कोरोना -कोभिड केही अनुभव र अनुभूती :अशेष मल्ल

जतिसुकै सुरक्षित रहने प्रयत्न गरे पनि काेराेनाले छाेड्दैन भन्थे मेरा साथी ।आखिर त्यस्तै भयाे । भरसक बाहिर ननिस्कने , स्यानिटाईजर बाेकेकाे बाेक्यै,बेसार पानी आदित्यादि प्रयाेग गर्दागर्दै पनि काेराेनाकाे सिकार बन्नै पर्याे । याे अदृश्य किटाणु कहाँ कसरी लुकेर आक्रमण गर्छ भन्ने कुरा हाम्राे मस्तिष्कले कसरी जानाेस् ! याे एक्काईसाैँ शताब्दीकाे बिज्ञानकाे चरम विकासकाे समय । अनेक ग्रहहरुमा सहजै अवतरण गर्न सक्ने , सूक्ष्म भन्दा सूक्ष्म जिवाणुका हाल खवर जान्नसक्ने प्रकाण्ड विज्ञ, नाेबल प्राइज पाइसकेका कैयाै दिग्गजहरुकाे दिमाग रन्थनिरहेकाे छ । काेराेना के हाे ?

पत्ता लागे लागे जस्ताे र नलागे नलागे जस्ताे , भ्याक्सिनले काम गर्छ भन्ने विश्वास ,तर फेरि नयाँ नयाँ भेरियन्टकाे प्रवेश । विज्ञानले अझै भेट्न र बुझ्न नसकेकाे याे समयमा हामी जस्ता सामान्य मानुवालाई कसरी थाहा हाेस् ।
प्रसङ्ग के भने मेरी जीवन संगीनी साबित्रीलाई अचानक रुघा लाग्न थाल्याे। लकडाउनकाे अघिल्लाे दिन पद्म कन्या क्याम्पसमा पढाएर घर पस्दा पस्दै रुघा लाग्नुले नजानिदाे त्रास पैदा भयाे । त्यसाे त हरेक वर्ष रुघा लाग्छ निकाे हुन्छ सामन्य नै हाे तर याे महामारीकाे समय रुघा मात्रले पनि अनेक आशङ्काले त्रसित हुनु पर्ने वाध्यताले हामीलाई पनि स्वभाविक रुपमा आक्रमण गर्याे । पी.सि आर टेष्ट गरिहालाैँ भन्ने रट लगाउन थालिन् छाेरी सम्पदा । अहिले किन हतार हेराैँ दुई चार दिन भन्ने मेराे जवाफ । वास्तवमा एउटा मनाेवैज्ञानिक त्रास के भने पी सि आरले पाेजेटिभ देखाउला कि ! भनेँ – रुघा मात्र त हाे । वास्वतमा मैले यसाे भने पनि मनभित्रकाे आशङ्काले सताईरहेकाे थियाे । विकल्प थिएन । मेरा मित्र डा.रविन्द्र समीरलाई फाेन गरेँ । दुई दिन हेराैँ ज्वराे आयाे भने टेष्ट गर्नुस भन्ने जवाफ पाएँ । सम्पदा र सावित्री भने पी सि टेष्ट गरिहाल्ने पक्षमा उभिए। उनीहरुकाे करले फेरि फाेन गरेँ ।
” रविन्द्र , अहिल्यै टेष्ट गराैँ भन्छन् , लाैन कसरी गर्ने , याे लक डाउनमा कहाँ जाने ? ”
अनि उनले नै पठाई दिए घरमै स्वास्थ सहायक । देखियाे पाेजेटिभ । राम्रै भयाे शुरुकै दिनमा थाहा भयाे सावित्रीमा काेभिडले आँक्रमण गरिसकेकाे रहेछ । त्यस पछि ज्वराे , खाेकी क्रमश बढ्दै गयाे । मलाई त हाेशै भएन, उनकाे सेवामा लागेँ । उनकाे पीडा देख्दा म उनलाई एक्लै काेठामा छाडेर अन्त जान मन मानेन । त्याे बेला विचार शून्य अवस्थामा पुगिदाे रहेछ ।के थाहा ममा पनि काेभिड सरिसकेकाे रहेछ । सामान्य अवस्थामा अनेक आदर्श र उपदेशका कुरा गर्नु र आफ्नै घरमा त्याे सङ्कट आईपुग्दाकाे अवस्थामा ठूलाे अन्तर हुँदाेरहेछ ।
कस्लाई भन्ने ? काेसँग सल्लाह लिने ? के गर्ने ? अस्पताल जाने ? यस्ता अनेक अनेक प्रश्नहरु स्वभाविकरुपमा आउँथे । दिन दिनै मृत्यु दर बढिरहेका समाचारले मनाेबैज्ञानिक त्रास त्यसै त्यसै बढ्ने त भईहाल्याे । अनि झट्ट सम्झना भयाे मेराे विद्यार्थी दिपेश पाैडेल । सशस्त्र अस्पतालका डक्टर । काेराेनाककै उपचारमा व्यस्त । केही दिन अघि मात्र भेट्दा अस्पतालमा चाैविसै घण्टा खट्दैछु भन्थे । उनलाई फाेन गरेँ । उनले शुरुमै घरका सबैले टेष्ट गर्न सुझाव दिए । अनि भने ” अहिले अस्पताल नआउनुस् ,यहाँ काेलाहल छ । घरमै उपचार गर्न सकिन्छ । म छु चिन्ता नलिनुस सर ।” उनकाे बाेली सुन्दैमा त्रास केही कम भएकाे अनुभूति भयाे । उनले औंषधिकाे लिष्ट पठाईदियाे भाईवरमा । अनि उनकै निर्देशनमा शुरु भयाे उपचार । भाेलिपल्ट हामी सबैले टेष्ट गर्याैँ । परिवारमा हामी सबै सङ्क्रमित भईसकेका रहेछाैँ । अनि त के थियाे सबै थला पर्याैँ ।

राताेपुलकाे घरबाट सनसिटी अपार्टमेन्टमा सरेकाे झण्डै एक वर्ष भएछ । हामी सङ्क्रमित भएकाे कुरा लुकाउनु हुन्न भनेर यहाँकाे व्यवस्थापनलाई भन्याैँ । सबैभन्दा सकारात्मक कुरा खाद्यान्न देखि भान्साका सामानहरु किनमेल गर्न अपार्टमेनटका सुरक्षाकर्मी भाईहरुकाे सहयाेग उल्लेख्य रह्याे । तर सबैभन्दा ठूलाे समस्या भनेकाे काे जाने भान्सामा ? हामी सबै आ-आफ्नाे काेठामा लडिरहेका थियाैँ , ज्वराेकाे तापक्रमअविश्वशनीय रुपमा बढेकाे बढ्यै , उठ्न त के बस्न सक्ने स्थिति समेत नभएकाे अवस्था । प्राेटिन खानुपर्छ , सुप पिउनु पर्छ आदित्यादिकाे यथार्थ त त्यतिबेला सम्भव नहुनेरहेछ जतिबेला ईन्तु न चिन्तु अवस्थामा सबै लडिरहेका । कस्लाई भन्ने ? घरमा काेही पस्न कस्काे आँट ? त्यसैले पनि आफन्त वा कसैलाई भनेनाैँ । तर डक्टर दिपेशकाे निरन्तर फाेन सम्पर्कले आशाकाे दीयाे निभेकाे थिएन । तेस्राे दिन सारै कष्टकाे स्थितिमा अचानक मेराे आफ्नै काकीकाे काराेनाकै कारणले निधन भएकाे खबर आयाे , पर्सि पल्ट काकाकाे निधनकाे खबर । साथी भाईहरुकाे एक पछि अर्काे निधनकाे खबर । त्याे अवस्थामा सबैभन्दा कष्टकर र मनाेवैज्ञानिक त्रास निम्त्याउने यस्ता खबरले कमजाेर माथि झन कमजाेर पार्दाे रहेछ ।

अक्सिजनकाे लेबल घट्ला कि भन्ने त्रास , निमाेनीयाले छाेला भन्ने त्रास । हस्पिटलै जान पनि कस्ले लगिदिने ? कमसेकम एक जना मात्र पनि स्वस्थ्य भए हुने । याे कस्ताे सङ्कट ? डक्डर दिपेश रातकाे बाह्र , एक , दुई , तीन बजे , घण्टा घण्टा फाेन गर्थे । ज्वराे , अक्सिमिटर , हृदयकाे चाप आदिकाे खबर निरन्तर लिईरहन्थे र निर्देशन दिईरहन्थे । केही दिन क्रमश हामी ठीक हुँदै गयाैँ । मेरी पत्नी सावित्रीलाई ज्वराेले छाेडेन । दुई वटा सिटामाेलले पनि नछाेए पछिकाे हाम्राे त्रास बढ्दै जानू स्वभाविकै थियाे । जे हाेस् बार्ह पन्ध्र दिनपछि स्थिति सामान्य हुँदै गयाे । त्यस पछि अश्वभाविक रुपमा भाेक लाग्ने क्रम शुरु । यस्ताे हुनु सकारात्मक रे । तर शरीर यति कमजाेर हुँदाेरहेछ त्याे एक पल्ट काेभिडले सङ्क्रमितहरुलाई नै थाहा हुन्छ ।
यी बेलीविस्तार र हाम्राे भाेगाई यसपटक धेरैले भाेगे अझै भाेग्दैछन् । कतिकाे घर उजाडियाे । काेलाहल अझै थामिएकाे छैन । मेराे व्यक्तिगत अनुभव भन्नू पर्दा याे

काेभिड सामान्य हुँदै हाेईन , जतिखेर जे पनि हुन सक्छ , एक मुठी सास फुस्स जान कतिबेर पनि लाग्दैन । याे सत्य हाे । तर लागे पछि के गर्ने त ? याे सबैभन्दा महत्वपूर्ण विषय हाे । हाे,मनाेवैज्ञानिक त्रास हुनु स्वभाविक हाे । तर यस्ताे बेला धैर्यता र आत्मवल सबैभन्दा ठुलाे औंषधि हाे भन्ने बुझनु पर्छ । हाम्राे श्वास प्रस्वासकाे लेवल त्यस्ताे अवस्थामा पनि घटेन । मलाई लाग्छ वर्षाैँदेखि हामीले गर्ने प्राणायाम , याेग साधनाकाे असर हुनुपर्छ । स्वस्थ अवस्थामै प्राणायाम र ध्यान गर्नुले हामीलाई धेरै सहयाेग गरेकाेहुनुपर्छ भन्ने मेराे बुझाई छ ।

हामी परिवारमा सबै विपश्यना ध्यान गर्छाैँ । वर्षाैँ भयाे । सायद ध्यानले पनि हामीलाई आत्मवल , दृढता र धैर्यता दिएकाे हुनुपर्छ । त्यस्तै याे काेभिडमा संगीतले ठूलाे र आश्चार्यलाग्दाे थेरापीकाे काम गरेकाे महशूस गरेँ । शास्त्रीय संगीत मन पर्ने म र मेराे परिवारलाई यस्ता संगीत वरदान सावित भईदियाे । यस्ले नकारात्मक साेच आउन दिएन । संगीत श्रवण आफैमा ध्यान हाे भन्ने लाग्छ मलाई । हामीले भरपुर प्रयाेग गर्याैँ । अर्काे महत्वपूर्ण कुरा भनेकाे अध्यात्म चिन्तन । मेराे बुझाईमा अध्यात्म र धर्म फरक छ । धर्ममा म तत्त्वले काम गर्छ । म , मेराे भन्ने भाव । म हिन्दु , म ईसाई , म मेराे अल्लाह । अर्थात् म र मेराे । तर अध्यात्ममा म तत्व शून्य अवस्थामा पुग्छ । अध्यात्म चिन्तनकाे यात्रमा म तत्व हराएर आत्मा तत्व प्रवल हुन जान्छ । एक दिन मर्नै छ । मृत्यु स्वभाविक छ भन्ने भाव जागृत हुन्छ । त्यसैले म कुन धर्ममा विश्वास गर्छु त्याे मेराे लागि महत्वपूर्ण हाेईन म अध्यात्मकाे कति गहिराईमा छु त्याे भने महत्वपूर्ण कुरा हाे। अध्यात्मकाे गहिराईमा पुग्ने काेशिषले आत्माकाे अस्तित्व वाेध हुँदाेरहेछ । यसपालिकाे काेभिड सङक्रमणमा याे अझ गहिरिएकाे अनुभूत भयाे । रात दिन भाैतिक सुख कै लागि दाैडिरहेका हामी मानव जातिलाई याे महामारीले राम्रै सन्देश दिएकाे छ । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सबैकाे कल्याण हाेस् भन्ने भाव मात्र पनि जाग्न सके हुन्थ्याे । केवल म ,म , म । केवल मेराे , मेराे मेराे । याे सङ्किर्ण भावबाट माथि उठ्नु पर्छ भन्ने सन्देश दिएकाे महसूस भएकाे छ । काेभिड लागेपछि ईश्वरलाई धन्यवाद दिएँ , कमसेकम याे महामारीकाे अनुभव दिलायाै । सुन्नु र भाेग्नुमा धेरै अन्तर छ ।
अनि ईश्वरप्रति कृतज्ञता प्रकट गरेँ । जीवनमा अरु के के कर्तव्य निर्वाह गर्नु छ र त बचायाै । मलाई थाहा छ हामी एउटा न एउटा कर्तव्य निर्वाह गर्न याे पृथ्वीमा आएका हुन्छाैँ । त्याे कर्त्वय पूरा भएकाे एक दिन पनि ईश्वरले याे धर्तिमा राख्दैनन् । गर्ने त्यही कर्तव्य हाे । गीताले भनेकै छ – निष्काम कर्म गर ।
मानव जातिका अनेकाैँ पापकर्मकाे परिणाम याे महामारी प्रकट भएकाे हाे । निष्कर्षमा मैले बुझेकाे यही हाे । भाैतिक आँखाभन्दा अलि पर अध्यात्मकाे आँखाले हेरे थाहा हुन्छ । भनिन्छ नि – जहाँ बिज्ञानकाे सीमाकाे अन्त्य हुन्छ त्यहीँबाट शुरु हुन्छ अध्यात्म ।
यही हाेला सायद काेभिडकाे याे गहिराे सन्देश ।