दैलेख जिल्ला अदालतद्धारा बालिका माथि यौनदुव्र्यवहार गरेको अभियोगमा १ वर्ष कैद १० हजार जरिवाना

पुष्कर खड्का
दैलेख :दैलेख जिल्लाको दुल्लु नगरपालिका १३ का रामबहादुर शाहीलाई जिल्ला अदालतल दैलेखले १ वर्ष कैदको फैसला सुनाएको छ ।
१५ वर्षीया बालिका माथि यौनदुव्र्यवहार गरेको अभियोग मा र दुल्लू नगरपालिका–१३ मालिकाका २२ वर्षीय रामबहादुर शाहीलाई दैलेख जिल्ला अदालतले आइतबार एक वर्ष कैद र रु १० हजार जरिवाना तोकेको छ ।
जिल्ला न्यायधीश दण्डपाणी लामिछानेको एकल इजलासबाट उनलाई एक वर्ष कैद र रु १० हजार जरिवानाको अलवा ४ सय रुपैंयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी नायब सुब्बा टीकाराम न्यौपानेले जानकारी दिएका छन ।
उनका अनुसार गत वर्ष साउन १२ गते भएको यौनदुव्र्यवहार घटनामा बाल यौन दुरुपयोग भएको ठहर गर्दै जिल्ला अदालतले यस्तो फैसला सुनायको बताए ।