डोल्पा : अध्यक्षमा एमालेका गुरूङसहित ६ जना वडा अध्यक्ष निर्विरोध निर्वाचित

 

डोल्पा : डोल्पाको शे-फोक्सुण्डो गाँउपालिका अध्यक्षमा एमालेका धाव सम्डुक गुरुङ निर्बिरोध भएका छन । अध्यक्षमा एमालेका गुरूङबाहेक कसैको पनि दोहोरो उम्मेदवारी नपरेको अध्यक्ष गुरूङले बताए । उनी नेकपा एमाले डोल्पाको उपसचिव समेत हुन ।

उनले गाउँपालिकाको ९ वटा वडा मध्ये ६ वटा वडामा नेकपा एमालेका उम्मेदवारको क्लिन स्वीप भएको छ । गुरूङका अनुसार वडा नम्बर १, ३, ५, ६, ७ र ९ मा एमालेका उम्मेदवारहरू प्यानलै सहित निर्विरोध निर्विाचित भएका छन ।

गुरूङका अनुसार वडा नम्बर १ मा जिग्मे छोइङ नोर्बु लामाको प्यानल नै निर्वािरोध भएको छ । त्यस्तै वडा नम्बर ३ मा पेम्मा ग्रिमेत गुरुङको प्यानल नै निर्विरोध भएको छ । वडा नम्बर ५ मा कार्मा तार्के गुरुङको प्यानल नै निर्विरोध भएको छ।

त्यस्तै वडा नम्बर ६ मा रिग्जिन गुरुङको प्यानल नै निर्विरोध भएको छ। वडा नम्बर ७मा पेम्मा छिरिङ गुरुङको प्यानल नै निर्विरोध भएको छ ।

त्यस्तै वडा नम्बर ९ मा लार्के लामाको प्यानल नै निर्विरोध भएको छ। यद्यपी निर्वाचन आयोगले उनीहरूको निर्विरोधको सूचना प्रकाशित गर्न बाँकी रहेको छ ।