किरण र धर्मेन्द्रको नदेखिन्या घाऊ सोमबार सार्वजनिक हुँदै

काठमाडौं :  द भ्वाइस अफ नेपालको तेस्रो संसकरण मार्फत नेपालि सांगीतिक क्षेत्रमा आफ्नो पहिचान खोजिरहेका दुइ कलाकार किरण गजमेर र धर्मेन्द्र सुनारको आवाजमा करण राज कार्कीको संगीत र लेखु शहयात्री को शब्दमा रहेको नदेखिन्या घाऊ सोमबार सार्वजनिक हुँदै छ ।

उक्त गीतको भिडियोमा देबेन्द्र बब्लु,पृथ्वी खनाल,संगीता थापाको साथै अन्य कलाकारहरुको अभिनय रहेको छ । भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन । पिटर गुरुङ्गको छायाँकन रहेको भिडियोमा विष्णुहरि तिमल्सिनाको रंग संयोजन र सम्पादन रहेको छ ।
कारण राज कार्की र समुहले आइतवार फेसबुक मार्फत पोस्टर सार्वजनिक गर्दै सोमबार भिडियो सार्वजनिक हुने जानकारी गरायका छन ।