
तेह्रथुम :गरीवि निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मेडपाको ३ महिने आधारभुत ढाका कपडा बुनाई तालिम शुक्रबार सम्पन्न भएको छ ।
लालिगुरास नगरपालिकाको ७ र ९ को सँगम स्थल सान्सारे बजारमा २०७७ साल फागुन ३ गते देखि सुरु भएको तालिम बैशाख ३० गतेनै सम्पन्न भएपनि कोभिटको कारणले शुक्रबार मात्र सम्पन्न गरीएको हो । लालिगुरास नगरपालिका वडा नम्बर ९ पुरुन्दीनका ११ जना र वडा नम्बर ६ कुरुङबाङ् टोलका १४ जना गरी २५ जना तालिममा सहभागिलाई आज प्रमाणपत्र प्रदान गरीएको छ ।
तालिममा सहभागि मध्ये ४ जना उत्कृष्टलाई पुरस्कृत समेत गरीएको छ । जसमा प्रथम सुमित्रा लिम्बु, द्धितिय जमुना लिम्बु, तृतिय कल्पना लिम्बु र शान्त्वना अमृता लिम्बु पुरस्कृत भएका थिए । ३ महिने तालिमको समय अवधिभर पुरुन्दीन टोलका ललिता लिम्बु र कुरुङ्बाङ टोलका सहभागिहरुलाई दिपा मगरले प्रशिक्षण दिएका थिए । साथै तालिममा सहभागिहरुले यो भन्दा अघि कुनै पनि तालिम नलिएको र यो तालिम बाट कुर्था, सुरुवाल, चौबन्दी, हापसल बुन्न सिकेसँगै यो सिप बाट अवका दिनमा राम्रो आम्दानी लिन सकिने समेत सहभागिहरुले बताएका छन् ।
समापन कार्यक्रमको अवसरमा गरीवि निवारणका लागि लघुउद्यम विकास मेड्पा का कार्यक्रम सँयोजक छत्र श्रेष्ठ, तालिममा सहभागिको तर्फबाट पूरुन्दीन टोलका अनु राना मगर, कुरुङबाङ टोलबाट अमृता लिम्बु, फलफुल प्रशोदन तालिमका सहभागि दुर्गा राना मगर, लालिगुरास नगरपालिकाका फोकल पर्शन रामकृण्ण निरौला, वडा नम्बर ५ का वडा अध्यक्ष नगेन्द्र कार्कि लगायतले मन्तव्य राखेका थिए ।
गरीवि निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मेड्पाको समन्वय तथा लालिगुरास नगरपालिकाको आयोजनामा सम्पन्न भएको कार्यक्रम लालिगुरास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निराजन श्रेष्ठको प्रमुख आथित्यता तथा लालिगुरास नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष अम्बर गुरुङ्को अध्यक्षतामा सम्पन्न भएको हो।
