विश्व नेपाली साहित्य प्रतिष्ठान नेपालको गण्डकी प्रदेशको अध्यक्षमा लक्ष्मी प्रसाद मिश्र निर्वाचित

काठमाडौं :विश्व नेपाली साहित्य प्रतिष्ठान नेपालको गण्डकी प्रदेशको अध्यक्षमा लक्ष्मी प्रसाद मिश्र निर्वाचित भएका छन।
नेपाली साहित्यको समग्र विकास, अग्रज स्रष्टाहरुको सम्मान तथा नव सर्जकलाई प्रोत्साहन गर्नुका साथै विभिन्न साहित्यिक गतिविधिहरुलाई व्यवस्थित रूपमा संचालन गर्न हालै स्थापित विश्व नेपाली साहित्य प्रतिष्ठान नेपालको गण्डकी प्रदेश समितिको प्रथम भर्चुअल भेलाले विनेसाप्रका केन्द्रिय अध्यक्ष जनार्दन अधिकारी धड्कनको प्रमुख आतिथ्यता एबं लक्ष्मी प्रसाद मिश्रको अध्यक्षतामा गण्डकी प्रदेश कार्यसमिति गठन गरेको हो।

समितिको उपाध्यक्ष सीता विष्ट कार्की स्याङ्जा, महासचिव आकाश अधिकारी तनहुँ, सचिव हरेराम पौडेल लमजुङ, कोषाध्यक्ष सीता शर्मा, पर्वत रहेको छ । कार्यसमिति सदस्यहरुमा पूर्ण प्रसाद पन्त,चुडा निर्भीक गोरखा, विष्णु शर्मा पर्वत, रेखा रेग्मी म्याग्दी, पुर्णदेवी न्यौपाने लमजुङ, कोपिला कँडेल बाग्लुङ, करुणा ढकाल कास्की रहनु भएको छ भने सल्लाहकारमा चन्द्रमणी अधिकारी, तनहुँ, तङ्कराज ढकाल नवलपरासी, जगदीश्वर पोखरेल, लमजुङ, नारायण प्रसाद पोखरेल, गोर्खा, विश्वप्रेम अधिकारी, स्याङ्जा रहनु भएको छ ।

कार्यक्रममा विश्व नेपाली साहित्य प्रतिष्ठानका केन्द्रिय अध्यक्ष जनार्दन अधिकारी धड्कनले प्रमुख अतिथिको आशनबाट नेपाली भाषा साहित्यको विकासका लागि नेपालबाट शुरूवात भएको यो अन्तर्राष्ट्रिय अभियान महत्त्वपूर्ण रहने बताएका छन । साथै उनले नेपाली साहित्यको झण्डा विश्वभरि फहराउन नेपाली साहित्यलेविश्व हाक्ने केन्द्र बन्ने अभियानमा लागेको बताए । साथै पहिले नेपालको सातै प्रदेश र जिल्ला गठन पश्चात वैदेशिक रा्ष्ट्रमा गठन गर्न खगेन्द्र बस्यालको संयोजकत्वमा कार्य अगाडि बढेको पनि बताए।

उनले संस्थाको उदेश्य अग्रज स्रष्टाहरुको सम्मान र नवसर्जकहरुको प्रोत्साहन रहेकोले सम्पुर्ण स्रष्टाहरुलाई प्रतिष्ठानमा जोडिनको निम्ति आव्हान गरेका छन । कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष एवं पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर रेग्मी, राष्ट्रिय बाछिटा प्रतिष्ठानका अध्यक्ष खगेन्द्र रेग्मी, मधुरिमा साहित्य प्रतिष्ठानका अध्यक्ष सरस्वती शर्मा जिज्ञासु, गोगवु साहित्य समाजका अध्यक्ष द्वारिका कुइँकेल, बेलबारी साहित्य समाजका अध्यक्ष तिला लेकाली, सुख शान्ति टेलिभिजनका निर्देशक दामोदर ढकाल दीपक, भिजन न्युज नेपालका प्रधान सम्पादक हरिराम पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा साहित्यकारहरु पूर्ण पन्त, निरु गौतम, मनिष कुमार शर्मा समित, सविता के.सी, भारती न्यौपाने, सोमनाथ लुइँटेल रवि, चन्द्रावती अधिकारी,भावना खनाल, शोभा कडरिया लगायतको सहभागिता रहेको थियोे ।

सभापतिको आशनबाट लक्ष्मी प्रसाद मिश्रले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै आँफू सेवानिवृत व्यक्ति भएकोले बाँकी जीवन साहित्यसेवा मै अर्पण गर्ने, विनेसाप्र गण्डकी प्रदेशलाइ आधार बनाइ कार्य गर्ने प्रतिबद्धता व्यक्तगरे । कार्यक्रमको संचालन प्रतिष्ठानका केन्द्रिय महासचिव शिव खनाल जीवनले गर्नुरेका थिए ।