बाढीको त्रासमा रातभर जाग्राम बस्छन् कैलाली भजनीका स्थानियहरु

फाइल फोटो

पार्वती देवकोटा
कैलाली :बर्षातको सिजन शुरु भए संगै कैलाली जिल्ला भजनी नगरपालिकाका स्थानिय बासिन्दाहरु रातभर नसुती जाग्राम बसेर रात बिताउन बाध्य छन् ।

मनसुन सरु भए संगै देशभरका विभिन्न क्षेत्रमा बाढी ,पहिरो र डुबानका समचारहरु बिभिन्न मिडियाहरु मार्फत आईरहेका छन् । त्यसैमाथी गत्त साल कैलाली जिल्लाको बौंनिया गाउँपालिका र भजनि नगरपालिकामा अबिरल बर्षाको कारणले धेरै घरहरु डुबानमा परेका थिए । धेरै घरबिहिन पनि भएका थिए तसर्थ यस बर्षको मनसनु सरु भए लगतै स्थानिय बासिन्दाहरु त्रसित भएर बस्न बाध्य रहेको एक स्थानिय केशब सिंह रावल बताउछन् ।

स्थानीय बासिन्दाहरु भन्छन् भजनी नगरपालिकाले नत राम्रोसँग पानी जाने नहर बनाको छ नत डुबानमा परेकालाई सहयोग नै गरेको छ । स्थानीय भन्छन् दिनमा केही लाग्दैन, जब साझ पर्न थाल्छ तब घरमा बस्ने मन लाग्दैन । यसरी हामी कति दिन बाच्ने ? हामीलाई बर्षाको समय नआएको नै राम्रो लाग्छ भनेर स्थानियहरुले गुनासो गरेको पनि रावलले भिजन न्युज नेपाललाई बताएका छन ।