पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु, थपिए ८६०७ संक्रमित

पछिल्लो २४ घण्टामा ७ हजार आठ सय ९० जना सङ्क्रमणमुक्त

काठमाडौं :पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । ८६०७ जना संक्रमित थपिँदा ७८९० जना संक्रमणमुक्त भएका छन् ।यस्तै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार नाघेको छ ।त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २२ हजार तीन सय ५३ नमुनाको पीसीआर परीक्षण गर्दा आठ हजार चार सय सात जना र आठ सय ७३ जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय गरी आठ हजार ६ सय सात जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख ९७ हजार ५२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सात हजार आठ सय ९० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ७४ हजार आठ सय ३६ पुगेको छ । अहिले नेपालमा एक लाख १६ हजार एक सय ९२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।