सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाद्धारा कोरोना संक्रमिताई अत्यावश्यक औषधी बितरण

सिन्धुपाल्चोक :सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखा परेका सम्पुर्ण वडाहरुमा अत्यावश्यक आधारभुत औषधी बितरण गरिएको छ।
सुनकोसी गाउँ पालिका वडा नम्बर १ का वडा अध्यक्ष नेत्र बहादुर कार्कीको निर्देशन अनुसार एक एक पाईला सामुदायिक स्वास्थ केन्द्रको सहयोगमा यो कार्य गरिएको हो ।सुनकोसी गाउँपालिकामा हाल देखा परेका सम्पुर्ण कोरोना संक्रमितहरुलाइ र अझ विशेषगरी होम आईसुलेसनमा रहेका संक्रमितहरुलाई आधारभूत अत्यावश्यक औसधि (डाक्टरको सम्पर्क नम्बर तथा प्रेस्कृप्सन सहित) वितरण गरिएको छ ।पहिलो चरणमा सुनकोसी ६ र ७ का लागि सुनकोसी ३ का युवा समाजसेवि मनोज राई तथा सुनकोशी १ का युवा कर्मचारी सुबास कार्की मार्फत वडा नम्बर ६का वडा अध्यक्ष रामकुमार थापा र सुनकोसी गाउँपालिका स्वास्थ प्रमुख गोबिन्द हायुलाई होम आइसुलेसनमा बसेका बिरामीका घर घरमा औसधि पुरयाउने जिम्माका साथ औषधि हस्तान्तरण गरियो । संक्रमण देखिएका अन्य वडाहरुमा पनि तत्काल औषधि बितरण गरिने स्वास्थ्य प्रमुख हायुले बताएका छन।