रञ्जु दर्शना जसले युवालाई राजनीतिमा लाग्न प्रेरणा दीईन

युवावस्था जीवनको महत्त्वपूर्ण निर्णय लिइ जीवन रथ अघि बढाउने उचित समय हो । सही समयलाइ अँगाल्दै सही निर्णय लिएमा जीवन सफल हुने कैयौँ यस्ता उदाहरणहरु छन् । जबकि गलत सङ्गत र गलत निर्णयले कैयौँ जीवनहरु पतन भएको पनि नदेखिएको भने होइन । नेपालको भूगोलमा कुनै पनि मौका र रोजगारीको अवस्था छैन भनेर लाखौँ युवा पलायन हुने सोच अँगाल्दै बसेका छन् ।

त्यसैले नेपालमा विदेश पलायनको सूचीभित्र दैनिक हजारौँ युवाहरु पर्नुमा कुनै नौलो कुरा भने होइन । जबकि तिनै दुरावस्था र कमीकमजोरीहरुलाइ स्विकार गर्दै ती परिस्थितिहरुलाइ सुधार गर्छु भनेर लाग्ने पनि छन् । तर यस्ता व्यक्तित्वहरु कमै मात्रामा रहेको देख्न सकिन्छ । युवा जोशलाइ राजनीतिजस्तो सबल माध्यममा समर्पण गर्न कमै युवाहरु रुचाउँछन् । सँगसँगै राजनीति भनेको फोहोरी खेल हो भन्ने घोकन्ते विद्या सिकाइँदै आएको हाम्रो समाजमा त्यस्तो फोहोरी खेलमा हाम फाल्न र सफा गर्र्न सिकाइँदैन । न त सफा गर्ने साहस नै अपवादबाहेक कोहीमा रहेको पाइन्छ । यिनै युवाहरुको कोलाहलमा गुञ्जिने नाम हो रञ्जु दर्शनाको जो देशको अव्यवस्था अनि वेथितिपूर्ण प्रणालीलाइ सुधार गर्ने सोच लिएर अघि बढेको छ ।


परिचयात्मक अस्तित्वमा २१ वर्षको उमेरमा काठमाडौँ महानगरको मेयरको उम्मेदवारी दिने, युवा नेतृ, विवेकशील साझा पार्टीको सचिवालय सदस्य, डा. गोविन्द के.सीको भ्रष्टाचार विरुद्ध अभियानमा लागि परेकी अभियन्ता र अन्य थुप्रै विरोधायुक्त भूमिकामा देखा पर्ने युवा आदि रहेका छन् । विशेषगरी युवावस्थालाइ राजनीतिमा समर्पण गर्ने एक सबल नेतृको रुपमा दर्शनाले अझ दरिलो परिचय बोकेकी छिन् । आफूले भोगेका अनगिन्ती समस्याहरु र देखेका विसङ्गतिहरुलाइ उन्मूलन गर्ने आँट र साहस बोकेको दरिलो युवा नेतृ हुन् दर्शना । यससँगै थुप्रै युवावर्गलाइ आँटिलो र साहसिलो भएर लागि पर्न हिम्मत दिने पात्र हुन् दर्शना । यससँगै आफ्नो देशलाइ माया गर्ने र सुधार अनि परिवर्तन ल्याउन चाहने चिन्तक हुन् दर्शना । यी सबका बाबजुद आफ्नै सानो व्यापार सञ्चालन गर्ने, सम्पूर्ण युवावर्गलाइ राजनीतिमा ल्याउन चाहने, मनमस्तिष्कबारे सजग र यसमा आइपर्ने समस्याहरु बिसाउने चौतारी मण्डे (सोमबार) फर मेण्टल हेल्थ चलाउने सजग युवा हुन् दर्शना । यससँगसँगै उनी एक एकल नारीकी साहसिली छोरी हुन् । समाजमा व्याप्त नराम्रा पक्षलाइ केलाएर गलत कार्यहरुलाइ वहिष्कार गर्ने शुभचिन्तक पनि हुन् उनी । राजनैतिक दृष्टिकोण र युवावर्गलाइ होस्याउने प्रष्ट वत्ता पनि हुन् उनी ।


वि.सं २०५२ फाल्गुण २० गते काठमाडौँमै जन्मेकी दर्शनाको खास नाम रञ्जु न्यौपाने हो । यद्दपि आफूलाइ रञ्जु दर्शनाको नामले परिचय दिन रुचाउँछिन् । उनको राजनैतिक परिचय पनि रञ्जु दर्शनाको नामले नै स्थापित रहेको छ । सानैबाट राजनीति र राजनैतिक व्यक्तित्वहरुको वक्तव्यहरुमा रुचि राख्ने दर्शनाले काठमाडौँको निवर्तमान समस्याहरुलाइ सिरोपर गर्दै परिवर्तनको सोचलाइ अङ्गालेको देखिन्छ । प्राथमिक तह र माध्यमिक तह निर्मल वाटिका स्कुल र भानुभक्त मेमोरियल हाइ स्कुलमा पार गरेकी दर्शनाले पोलिटिकल साइन्स (राननीति विज्ञान) को अध्ययन गर्दै आइराखेकी छिन् । वि.सं २०६२÷६३ ताका काठमाडौँमा व्याप्त बन्दहरुको कारण उनलाइ टाढाको विद्यालय जान पत्रपत्रिकामा छापिने समाचारको भरमा बस्नुप¥यो । यही बाध्यात्मक परिस्थितिमा समाचार पढ्दापढ्दै राजनीति र राजनैतिक व्यक्तित्वप्रति चासो बढेको उनी बताउँछिन् ।


युवावस्थामा आफ्नी आमासँग नागरिकता बनाउन जाँदा उनले सरकारी कर्मचारीबाट बेवास्ता र दोसाँधको मनस्थिति भोग्नुप¥यो । जहाँ सरकारी कर्मचारीहरुको असहयोगी भाव र बिरानो ठाउँको आभाषले उनलाइ राजनीतिमा लागेमा ल्याउने परिवर्तनको अठोट गरायो । त्यसपश्चात् दोस्रो स्थानीय चुनावमा उनले विवेकशील नेपाली पार्टीलाइ अङ्गालेर उनले काठमाडौँको मेयरको उम्मेदवारीमा आफूलाइ उभ्याएकी हुन् । जबकि पहिलो संविधानसभाको चुनावमा आफू बामे सरी राखेको होला भनेर उनी अड्कल काट्छिन् । सोही दोस्रो संविधानसभाको चुनावताका कसलाइ मत दिने भन्ने पक्का नभइसकेको अवस्थामा उनले विवेकशील नेपाली पार्टीको बारेमा जानकार हुने मौका पाइन् । काठमाडौँमा व्याप्त अव्यवस्थाहरुसँग जुधिरहँदा आफूले चाहेजस्तो नयाँ सोच भएको प्रगतिशील पार्टी विवेकशील नेपालीलाइ पाउँदा उनले पार्टी कार्यालाय पनि भ्रमण गरिन् । जुन भ्रमणपश्चात उनले नेपाललाइ माया गर्ने आफूजस्तै अन्य धेरको जमात फेला पारिन् । त्यसपश्चात् सोही पार्टीमा आफूलाइ समर्पित गर्दै उनले चुनावमा मेयर पदको लागि उम्मेदवारी दिएकी हुन् ।
नेपाली राजनीति र (हाललाइ) विवेकशील साझासँगको सहकार्यमा करिब साढे सात वर्षको कार्यकाल पुरा गरिरहँदा दर्शना हरेक युवाका लागि प्रेरणाको स्रोत बनेकी छिन् । केही गरौँ भन्ने आँटमा हिँडेका जमात्मा उनले राजनीति नै सही तर गर्न सकिन्छ भन्ने राम्रो उदाहरण पस्केकी छिन् । विशेषगरी युवावर्ग राजनीतिमा लाग्नुपर्ने अनि मात्र नयाँ सोच र कार्यहरु अघि बढ्न सक्छ भन्ने उनको बुझाइ रहेको छ । तापनि सम्पूर्ण युवा वर्गलाइ राजनीतिमै आउनुपर्छ भन्ने जोड र ढिपी उनले कसेकी भने छैनन् ।


राजनीतिमा प्रथमतः महिलामाथि हुने गरेको हिंसाविरुद्ध अभियान चलाएर आउनुभएकी दर्शनाले आफ्नो व्यक्तिगत जीवनमा पनि हिंसालाइ दुरुत्साहन गर्ने काम गरेको पाइन्छ । हालै महिला अभियानकर्ता र सफल नेतृको रुपमा चिनिने दर्शनाले राजनीतिमा कदम राख्नुपूर्व सुशासनको अठोट लिएको पाइन्छ । जसअन्तर्गत पारदर्शिता, उक्तरदायित्व, सहज राज्य सञ्चालन जस्ता कार्यहरु पर्दछन् । यससँगै राजनैतिक प्रक्रियामा उनले अलिक सुधारको अठोट पनि लिएकी छिन् । जहाँ राजनीति अत्ति नै गम्भीर विषयको रुपमा विकसित भएको पाइन्छ । यसलाइ सरलीकृत गर्दै व्यावहारिक जीवन सरह हाँसो खुशी र रमाइलो गर्दै अघि बढाउने अनि सहज तरिकाले परिवर्तन ल्याउने सोच राखिन्छ । यी सबका मूर्तताको लागि विवेकशील साझामार्फत् कार्यहरु भएको देखिन्छ । जसमा राजनीतिमा युवा सहभागिता भन्ने नाराका साथ अभियान चलाइँदा राष्ट्रिय राजनीतिमा युवा सहभागिता बढेको पाइन्छ । यससँगै शून्य सहनशीलता नामक अभियान मार्फत् महिला हिंसालाइ निरुत्साहित गर्ने प्रयास गरिएको छ । व्यक्तिगत रुपमा पनि दर्शनाद्वारा जानकारी सम्बन्धी हकबारे धेरै ठाउँमा बोलिएको पाइन्छ । जसको मद्दतले आम्मानिसमा पनि सुशासन र सरकारी, राजनैतिक कार्यहरुबारे स्पष्ट जानकारी पुग्दै गरेको देख्न सकिन्छ ।
राजनैतिक व्यक्तित्वका बाबजुद उनी आफूलाइ एक आम् मानिसको रुपमा नियाल्छिन् । जसको दाँजोमा केवल राजनीतिक यात्राको चयन मात्र फरक रहेको उनको बुझाइ रहेको छ । जसमा उनी आफूलाइ सेवामा समर्पित गर्न आएको व्यक्ति मान्छिन् । यससँगै कुनै पनि सत्ता र शक्तिको लोभ अनि एपेच्छा भने उनले राखेको पाइँदैन । राजनीतिमा थुप्रै काँडाहरु रहेको मान्ने दर्शनाले सके राजनीतिको बाटो सफा गर्ने, नसके त्यहीँ अल्झिएर बसिराख्ने सोच नरहेको बताउँछिन् । आफू सेवाको भाव बोकेर आएको र सेवा गर्दागर्दै कुनै पद प्राप्त भएमा त्यसको उचित कदर अनुरुप नै काम गर्ने उनको सोच राहेको छ । साढे सात वर्षको ्निरन्तर राजनीति यात्रामा लाग्दै आएकी उनले पेशागत र व्यक्तिगत समयको भिन्नता भने हालसालै पहिल्याउन थालेको भन्ने अभिव्यक्ति राख्दछिन् । यसै क्रममा पहिले पहिले घरमा कुनै जमघट भएमा पनि आफ्नो पार्टीको मिटिङ्ग छ भेनर निस्किने बानी रहेको भन्ने प्रसङ्ग जोड्छिन् । जसलाइ अझ स्पष्ट रुपमा पेशागत र व्यक्तिगत समयको भिन्नता छुट्याउन नसकेको भनेर स्विकार गर्छिन् ।
पहिले कुनै दिन जब नेपाल लोडसेडिङ्गको समस्याले आक्रान्त थियो । राति २ बजेको अलार्म लागएर उठ्ने अनि आफ्नो पार्टीको रिपोर्टहरु तयार पार्ने जस्तो काम गर्न पनि पछि नपरेको उनी बताउँछिन् । यस्ता घटनाक्रम र सम्पूर्ण ऊर्जा आफ्नो पार्टीको कार्यहरुमा खर्चिने प्रवृक्तिले गर्दा उनले शारीरिक र मानसिक दुबै रुपमा असहजता भोग्नु परेको भन्ने अनुभव रहेको प्रष्ट्याउँछ । तर हालको अवस्थामा भने समयको भिन्नता छुट्याउन सफल रहेकी उनले बिहानभरिमा आफ्नो पठनपाठन र मानसिक स्वस्थयको लागि ध्यान गर्ने जस्ता कार्यमा समय व्यतीत गर्छिन् । त्यसपछि बचेको समयलाइ राजनैतिक कार्यहरु र आफ्नो पेशामा लगाउने गरेकी छिन् । घरपरिवारलाइ पनि उचित समय दिनु र परि आएको समयमा सम्पूर्ण समय घरपरिवारमा दिनु, उनको समयप्रतिको बुझाइ र उचित व्यवस्थापनको उपयुक्त उदाहरण हो ।


यससँगै उनले आफ्नो सानो सेलरोटीको व्यवसायमा पनि आफूलाइ लगाएकी छिन् । जसमा विशेषत लक्ष्मीपूजालाइ केन्द्रित गरेर सेलरोटीको व्यापार गरिन्छ । जून व्यवसायलाइ नेपाल दर्शन फुडको नामले पनि चिनिन्छ । यस सेवामा रञ्जु दर्शनाकी माता रमला गौतमको पनि भरपुर साथ र सहयोग प्राप्त भएको देख्न सकिन्छ । यससँगै थुप्रै सामाजिक कार्यहरुमा छोरी सँगसँगै आमा गौतम पनि सरिक रहेको पाइन्छ । विगतका बाढीहरुमा महिलाहरुको प्रजनन स्वास्थ्यलाइ ध्यानमा राख्दै कपासबाट बनेको स्यानिटेरी प्याडको निमार्ण र वितरणमा दर्शना लागेको सर्वविधितै छ । विगत साढे सात वर्षहरुमा धेरैभन्दा धेरै अभियान र प्रदर्शनहरुमा उनको बेजोड उपस्थिति र प्रस्तुति रहेको पाइन्छ । जस्तै विवेकशील नेपाली पार्टीद्वारा बन्द विरुद्धमा चलाइएको नेपाल खुला छ अभियानमा उपस्थिति, डा. गोविन्द के.सीको समर्थन र भ्रष्टाचारको विरोधमा युवाहरुसँगै शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना, महाभूकम्पको बेला विभिन्न घाइते व्यक्तिहरुको उद्धारमा सहभागिता आदि ।


यससँगै उनले मनको भारी बिसाउने कार्यक्रम मण्डे (सोमबार) फर मेण्टल हेल्थलाइ पनि निरन्तर रुपमा सञ्चालन गर्दै आइराखेकी छिन् । जसमा विभिन्न सामाजिक परिस्थिति र व्यवधानअनुरुप महशुस गरिएको गाह्रोेपना र मानसिक दबाब पिडा आदि पोख्ने र बिसाउने गरिन्छ । विभिन्न मानिसहरुको भोगाइ र समस्या सुनिदिने कार्यक्रममा विभिन्न मनोविद् र मनोचिकित्सकहरु आमन्त्रित रहने गरेका छन् । हरेक हप्ताको सोमबार अनलाइन जुममार्फत् आउने कार्यक्रमलाइ उनले आफूले यो समस्या विद्यमान रहेको छ भन्ने मानिसहरुलाइ बुझाउन र मानसिक समस्याबारे सामान्यीकरण गर्न सो कार्यक्रम सुरु गरेको बताउँछिन् ।
यस्तैमा आफूले गरेका राजनैतिक र साहसिलो कार्यहरुबाट प्रेरित हुने जो कोहीलाइ पनि राजनीतिमा आउन मन हुनेहरुलाइ फोहोरी भनिएको यस राजनीतिमा आएर मिलेर सफा गर्ने सोच बनाउन आग्रह गर्छिन् । यससँगै सामाजिक सञ्जालमा जुनै पनि समाचार र खबरहरुलाइ सेयर गरेर भ्रमपूर्ण सन्सनीखेज नफैलाइदिनु हुन अनुरोध गर्दछिन् । यसका बाबजुद सम्पूर्ण युवा वर्गहरु जो यस समयमा कुनै न कुनै किसिमको तनाब र पीडामा रहेका छन् । उनीहरुलाइ आफ्नो मनको भारी बिसाएर मात्र आफ्ना कामहरु अगाडि बढाउन सुझाउँछिन् ।

  धिरज थापा मगर

(रि-पोस्ट गरिएको हो )