
१. दोस्रो लहरको कोरोनाको आक्रमकता निकै उच्च रहेछ।यसले हामीलाई अझै अत्याउन र लखेट्न थालेको छ जनता रोग,भोक र शोकमा डुबेको बेलामा तिमी चाहिँ के नाप्दै छौ ? सरकार
२. सामाजिक सञ्जाल हेर्यो भने श्रद्धाञ्जलीले भरिएको छ समाचारहरुमा वेड र अक्सिजन अभाव भएर संक्रमितले अकालमै ज्यान गुमाएको देखिन्छन यसमा नागरिकको कमजोरी हो की सरकारको?
३. अक्सिजन अभावमा हामीले मानवीय संकट कहिले सम्म वेहोर्नु पर्ने हो? सरकार
४. अक्सिजनको अभावमा ६ औँ हजार बढीले देह त्याग त गरी सके तर अस्पतालका ती अत्यासलाग्दा दृश्यहरु देखेर जीवन र मरणको दोसाँधमा बाँचेका हामी नागरिकहरु सजिलै सुत्न नसकेर सिलीपीङ ट्याब्लेट खाएर सुत्नु परिरहेको छ। की त नागरिकलाई कोरोनाको खोप दे सरकार होईन भने जिउँदै छातीमा गोली ठोक्दे सरकार?
५. नेपालको स्वास्थ्य प्रणाली त कोल्याप्स भईसकेछ त? दुर्गम तथा पिछडिएका क्षेत्रका नागरिक जो एक ट्याबलेट सिटामोल नपाई ज्यान गुमाउने जनताको भोलि के हालत होला?सरकार
६. नेपालको संविधानमा लेखिएका कुराहरु काला अक्षरमै सिमित रहेका छन् जनताले प्रत्याभूति गर्न कहिले पाउने यस्तो अबस्थामा पाउनु पर्दैन ? सरकार
७. सरकार! तिमीले कहिले सम्म आफ्नै जुङ्गालाई तह लगाउँदै ठिक्क हुने? अब त अत्ति भएन र? यो जुङ्गाको लडाइँलाई यहीं विश्राम दिन मिल्दैन? सरकार
८. कोरोना महामारीको निवारणका लागि सबै दललाई एकैठाउँमा ल्याई जनताको स्वास्थ्यलाई प्राथमिकता दिई सरकारले अभिभावकीय भूमिका खेल्नु पर्छ की पर्दैन? सरकार
९. सरकारले जनताको स्वास्थ्य माथि खेलबाड गर्यो भन्दै कतिपय मनकारी व्यक्ति र संघसंस्थाले सहयोग गरिरहेका छन् । यति सम्म पनि जनताको शिक्षा र स्वास्थ्यको व्यबस्था गर्न नसक्दा अलिकति लाज लाग्दैन ?सरकार
१०. कोरोनाको तेस्रो लहर पनि आउँने अनुमान गरिएको छ? तयारी के कस्तो छ? कि त अझै पनि कानमा तेल हालेर बस्ने? आखिर जनता नै रहेनन् भने राजनीति कसकालागि?सरकार “अनि हामी जनता भनाउँदाहरुले नि जे देखिन्छ त्यसमा बिश्वास गरौँ जे सुनिन्छ त्यसमा विस्वास नगरौँ ” राज्य ,आमनागरिक र सिङ्गो समुदायले सचेत र सजक रहनु आवश्यक छ। कोरोनासँग हेलचेक्र्याइ गरी म बाँच्न सक्छु भन्नु र ढुङ्गासँग कुस्ती खेली म खेल जित्छु भन्नु एउटै हो। तर एक सामान्य मान्छेले गर्ने गल्तीले एक-दुई जना मान्छेलाई खत्तम बनाउँछ । तर, नेतृत्वमा रहनेले गरेको गल्तीले देशलाई खत्तम र स्वाहा बनाउँछ ।
