केकी अधिकारीले गरिन् गुपचुप विवाह

काठमाडौं : नायिका केकी अधिकारीले आज गुपचुप विवाह गरेकी छन् । पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले विवाह गरेकी हुन् ।

केकीले विवाह गरेको स्रोतले पुष्टि गरे पनि कोसँग विवाह गरेकी हुन् भन्ने बताउन चाहेन ।

‘आज विवाह भएको हो, सबै कुरा भोलि थाहा हुन्छ।

केकीले भोलि विवाहको तस्बिर सार्वजनिक गर्ने योजना बनाएकी छन् । उनी केही समयदेखि एक युवकसँग प्रेममा थिइन् । उनले आफ्नो प्रेमलाई मिडियाबाट भने लुकाउँदै आएकी थिइन् ।

केकीनिकट एक नायिकाका अनुसार गोप्यरूपमा विवाह गर्ने उनको पहिल्यैदेखिको योजना हो ।

‘एकैचोटि विवाहको फोटो बाहिर आयो भने चित्त नदुखाउनु,’ केकीको भनाइ उद्धृत गर्दै ती नायिकाले भनिन् ।