धार्मिक तथा पर्यटकिय हिसाबले भरिपूर्ण दैलेख जिल्ला


नारायण रिजाल,
दैलेख :दैलेख जिल्ला धार्मिक सास्कृतिक तथा पर्यटकीय हिसाबले काठमाडौं र लुम्बिनी पछि तेस्रो स्थान पर्दछ । जिल्लामा रहेका ऐतिहासिक धार्मिक र सदियौं देखी पानी माथि निरन्तर आगो बल्ने हुनाले पर्यटकयको लागि यो क्षेत्र मुख्य आर्कषण बनेको छ । पानीमाथि सदियौं देखी बलिरहने आगोलाई देवताको रुपमा मान्दै आएका छन् ।

संस्कृतमा आगोलाई ज्वाला मानिएकोले त्यसपश्चात यसलाई ज्वालाको उपमा दिएको पाइन्छ । पौराणिक कालमा राजामहाराजाहरुले देवता मान्दै आएकोले कर्णाली प्रदेशका बासिन्दाले देवताको रुपमा पुजाआजा गर्दै आएका छन् । तर ज्वाला कति सालमा भेटिएको हो कसले भेटाएको हो भन्ने अहिले सम्म पत्तो लागेको छैन । देवताको रुपमा बढी चिनिएको छ ।

पौराणिक कालमा देवताहरुले तपस्या गरेर बसेको पवित्र भुमि भएकाले देवलोकबाट अपभ्रंसस हुदै दैलेख नामाकरण रहन गएको किवंद्धन्ति पाईन्छ । कतिपयले धेरै मात्रामा दुध दही पाइने भएकाले दहीलेक अपभ्रंस भई दैलेख बनेको अर्का थरीका मानिसको किवन्दती रहेको छ ।

सिगो कर्णाली प्रदेशका जुम्ला, हुम्ला, तथा मानसरोवरतर्फ जाने एकमात्र बाटो दैलेख जिल्लामा धार्मिक, ऐतिहाँसीक पर्यटन, पर्यटकिय पदयात्राका रुपमा समेत विकास गर्न सकिने सम्भावना प्रशस्त छ ।
धार्मिक क्षेत्रबाट मात्र नभई दैलेख जिल्ला पुरातात्विक दृष्किोणले पनी महत्वपुर्ण मानिन्छ । जिल्लाका विभिन्न स्थानहरुम रहेका हजारौ बर्ष पुराना पञ्चदेवल, ढुगेधारा, पाथरनाउली, खम्बाहरुले पुरातात्विक महत्व झल्काईरहेका छन् । पाँच पाण्डवद्धारा निर्माण गरिएको भन्ने कथन रहेको भएपनि कसको पालामा कस्ले बनाएका हुन् तथ्यगत रुपमा कुनै प्रमाण अझैं फेला परेको छैन् ।

सदरमुकाम दैलेख बजारबाटै चारखम्बको सुरुवात भई तर्ताङमा दुईखम्ब, जाहारकोटमा एकखम्ब, रावतकोटमा पाँच खम्ब, भैरिकालिकाथुमको डाँडीमाडीमा १२ खम्ब, दुल्लुमा १० खम्ब र गमौडीमा सातखम्ब आफ्ना कृर्तिका रुपमा पाण्डबहरुले गाडेको कथन छ । दैलेखको क्षेत्रनम्बर २ मा पर्ने दुल्लुस्थित पाथरनाउली कुवा ऐतिहाँसीक महत्वको हो । दुल्लु बजार नजिकै रहेको यो कुवा साके संवत १२७६ मा निर्माण गरिएको अभिलेख रहेको छ ।
तर अज हामि दैलेख जिल्ला दुल्लू नगरपालिका वडा नं ५ स्थित पर्ने महत्वपूर्ण तर उचित संरक्षण नपाएको पुरातात्विक सम्पदा पाथरनाउलीको बारेमा बिशेष चर्चा गर्ने छो ।

उचित संरक्षणको पर्खाइमा पुरातात्विक सम्पदा पाथरनाउली

दैलेख जिल्लाको दुल्लु नगरपालिका स्थित एक पुरानो नाउली अथवा कुवा हो। पाथर नाउली कीर्तिखम्बदेखी करिब एक किलोमिटर दुरीमा दुल्लु सुर्खेत सडको चोतारा बजारको किनारामा रहेको छ। समतल छानोमाथि पाँचवटा चैत्यहरूलाई थाम्न सक्ने गरी विशाल ढुङ्गाहरूद्वारा निर्माण गरिएको छ । जमिनको सतहबाट करिब तिन मिटर अग्लो यस नाउलीको कुल परिधी ६ मिटर रहेको छ। नाउलीको प्रवेशद्वार १.३४ मिटर रहेको छ। नाउलीको जलासयमा दशवटा तह गरी प्रस्तर पट्टहरू मिलाएर राखिएका छन्।

नाउलीको सिलिङ्ग पनि कुशल कारिगरीद्वारा कुँदिएको छ। नाउलीको भित्र पट्टी तिनवटा खोपा रहेका छन्। नाउली छानामाथि बनाएको ५ वटा चैत्यहरूमध्य अहिले मध्य भागको चैत्य मात्र बाँँकी रहेको छ। नाउलीको प्रवेशद्वार १.३४ मिटर रहेको छ। प्रवेशद्वारको ठिक माथि सात पंक्तीको अभिलेख उत्कृण गरिएको छ। नाउलीको जलासयमा दशवटा तह गरी प्रस्तर पट्टहरू मिलाएर राखिएका छन्। नाउलीको सिलिङ्ग पनि कुशल कारिगरीद्वारा कुँदिएको छ। नाउलीको भित्र पट्टी तिनवटा खोपा रहेका छन्।

नाउली छानामाथि बनाएको ५ वटा चैत्यहरूमध्य अहिले मध्य भागको चैत्य मात्र बाँँकी रहेको छ। यस नाउलीमा माटो, बालुवा र ढुङ्गाहरू भरिएर नाउली पुरिएपछि विक्रम सम्वत २०१२ जेष्ठ महिनामा दुल्लु निवासी केशव बहादुर शाह (माहिला राजा)को सक्रियतामा र स्थानियको सहयोगमा सफा गरिएको थियो। त्यसपछि पुनः विक्रम सम्वत २०१२ मङ्सिर १० गते योगी नरहरिनाथको अगुवाइमा राम्रोसँग सफाइ गरिएपछि नाउलीमा रहेका पाँचवटा मुलहरूबाट पानी निस्केको छ। नाउलीमा रहेको अभिलेखबमोजिम यो नाउली विक्रम सम्वत १४११ पौष २ गते शुक्रवारका दिन खस राजा पृथ्वी मल्लको शासनकालमा देव वर्मा छन्त्यालले निर्माण गराएको देखिन्छ ।

पाथर नाउलीको अवस्थितिले यो मार्ग सिंजा साम्राज्यकालदेखी नै मुख्य मार्गको रूपमा रहेको देखिन्छ। प्रवेशद्वारको ठिक माथि सात पंक्तीको अभिलेख उत्कृण गरिएको छ। दैलेख दुल्लु स्थित यो पाथरनाउली राजा पृथ्वीमल्ल ले सन् १३५४ मा बनाउन लगाएका हुन् । सम्भवतःयो नै नेपालको सबैभन्दा पुरानो जलाशय होला । यो भित्र पानी जम्मा गर्न बाहेक थाकेका यात्रुहरुलाइ विश्राम गर्नमिल्ने गरी निर्माण गर्न लगाइएको छ । खस साम्राज्यका पालामा नेपालको जलश्रोत व्यवस्थापनको इतिहास निकै रोचक र महत्वपूर्ण छ तर हामीले यो गर्विलो इतिहासलाइ जोगाउन र संरक्षण गर्न सकेका छैनौ । यस पाथरनाउलीमा कुदिएको ढुंगाको शिलालेखमा रंजनालिपीमा यस्तो लेखिएको छ :

ऊँ मणि पद्मे हुँ
ऊँ स्वस्ती श्री शाके १२७६ पौष वदि २ शुक्रवाशरे महाराजाधिराज
परमेश्वर परम भट्टारक परम धार्मिक
परम कल्प द्रुमावतार श्री मत्पृथ्वीमल्ल देव विजयराज्ये । महामात्म श्री मतयशो वर्मदेवानांसमये ।।
नप्ता श्री र्भिमराजस्य धनराज स्यधीमत : छत्याल वंशतिल कसुनुर्ग्रन्थह्ववर्मण।। नावल्यदेव्या संजातो ।।
देववर्मा महामति। तेना पूर्व तरावापी निर्मिताअमरवल्लभा ।। चैत्य पंचकसंय त्तावसतिवद्धसंतते। वि.
श्राम भूमि श्रान्ता नांजिवितंसर्वदेहिनां महामात्य श्रीमद् देववर्मदेवै सर्वसत्वोपकारार्थ स्वकीयोक्त
वुध्यानूतनरीत्या । देवानामपिवल्लभा । वापीविरचिता ।। लिखित धर्मदासेन । इति सुभमस्तु ।।

यो नाउली खस साम्राज्यकालिक शिल्पकलाको एउटा अनुपम उदाहरण हो।

धार्मिक तथा पर्यटकिय हिसाबले भरिपूर्ण

नेपाली भाषाको उत्पत्ती जुम्लाको सिंजा राज्यलाई मानिए पनि नेपाली भाषाको सबैभन्दा पुरानो अभिलेख दैेलेखको दुल्लुमा रहेको छ । अहिलेसम्मको अध्ययनअनुसार सबैभन्दा पुरानो मानिएको तामुपाल, अढाईपालद्धारा शाक्य ९ सय तिन तदअनुसार बिक्रम संवत १ हजार ३८ को शिलालेख दैलेखको दुल्लू नगरपालिकामा रहेको छ । भने विक्रम सम्वत १४ सय १४ को पृथ्वी मल्लले बनाएको सात हात लामो किर्तिस्तम्भ पनि दुल्लुमै रहेको छ । नेपाली भाषाको वि.स.१ हजार ३८ को किर्तिखम्ब साथै नेपाली भाषा सुरुवातको पहिलो ९ सय ३८ बर्ष पुरानो सिलालेख समेत दुल्लु क्षेत्रमै रहेको छ ।
दैलेख सदरमुकाममै जोडिएको ऐतिहाँसीक कोतगढी, जिल्लाभर रहेका ऐतिहाँसीक देवलहरुमध्ये सवैभन्दा धेरै २५ देवल रहेको भुर्ती स्थित पञ्चदेवल र सोको नजिकै रहेको यो पञ्चदेवललाई संयुक्त राष्ट्रसंघिय युनेस्कोले ९ सय बर्ष अघि साके संवत १३२१ बैशाकमा निर्माण गरिएको भन्दै विश्व सम्पदा सुचिमा सुचिकृत गर्न सिफारिस समेत गरेको छ । यो लगायत बाटैभरि रहेका ढुगांका खम्बाहरु, कुईकाना, जाहारकोट, किमुगाउँ, काँसीकाँध, बेहुली र देउलीका पञ्चदेवलहरुपनी पुरातात्विक स्थलहरु मध्येकै नमुनाका रुपमा पर्दछन् ।

नेपालकै पवित्र तिर्थस्थलमध्ये पञ्चकोशी तिर्थस्थल यसै जिल्लामा पर्दछ । श्रीस्थान, नाभिस्थान, कोटीला, पादुका, धुलेश्वर, भैरवी, तल्लोढुगेश्वर मुख्य तिर्थस्थलहरु हुन् । पञ्चकोशी तिर्थस्थलसंगै सदरमुकाममै रहेका बेलासपुर , गणेशमन्दिर, स्वामि कार्तिक मन्दिर, सरस्वती, भगवती मन्दिर, भिमसेन, बागभैरब मन्दिर, मालिका माई,नारायण , बज्रभैरब मन्दिर रहेका छन् । बिन्द्रासैनी, भवानीमाई, नौधारा, भैसाखोर, दुधेमष्ट, बुकिमाई, मालिका देवी, दाणेमष्ट, जगनाथ माहावै, बडाभैरब, कालसैनी कालिका लगायतका मठ मन्दिरहरु जिल्लाभर छरिएर रहेका प्रसिद्ध मन्दिरहरुमा पर्दछन् । धार्मिक तथा पुरातात्विक स्थलहरुमा दुल्लुमा रहेको नेपाली भाषाको पहिलो शिलालेख, किर्तिखम्ब, पाथरनाउली, सातखम्ब, पञ्चदेवल, बाणगंगा, पौवा, दुल्लुदरबार क्षेत्र , लकान्द्रको भीमपाईला रहेका छन् भने, अन्य पर्यटकिय स्थलहरुमा गुरासे, रानिमत्ता, राकम कर्णाली, माहाबु धार्मिक क्षेत्र जुन नेपालकै महत्वपूर्ण क्षेत्र हो ,बाँसीमा रहेको ताउलेखार गुफा र थारु लोटेको झरना पनि महत्वपूर्ण छन । त्यस्तै तिनचुले, द्धारीको बुलबुल झरना, कुईयाँको ताल, भैरब कुन्ड, धाउरपानी गुफा, रानिगुफा, छहारी गुफा पर्दछन् ।

पुरातात्विक शैलीमा निर्मित दुल्लुका अन्य देवल र खम्बा भएका स्थानहरुमा समेत कलात्मक रुपमा कुदिएका ढुगे धाराहरु देख्न पाईन्छ । विशेष गरि भैरवि गाउपालिका लम्जिमा अवस्थित पञ्चदेवल त्यहाँ नजिकै रहेको बाणगंगा नामले चिनीने ढुगेधारा विशेष महत्वको हो । भारत वर्षमा पाण्डबकी आमा, कुन्तिले तपस्या गरिरहेका बखत तपस्या भंग भई तिर्खाएपछि अर्जुनले बाण हानी सोही स्थानमा पानी निकाली खुवाएको भन्ने उल्लेख छ । बाणगंगाका नामबाट त्यतीवेला स्थापना गरिएको मन्दिर समेत अवस्थित छन् ।
यदि हामिले यस्ता पुरातात्विक धार्मिक तथा एतिहासिक सम्पदाको संरक्षण र संबर्धन गर्न सकेमा दैलेख नेपालकै पर्यटकिय क्षेत्रकारूपमा फड्को मार्ने अनुमान गर्न सकिन्छ ।