गोर्खा : पालुङ्गटार नगरपालिकाको मेयरमा मदन देवकोटाको दावी, यस्तो छ योजना

गोर्खा :  स्थानिय तह निर्वाचनको मिति नजिकिएसँगै गोरखाको पालुङ्गटार नगरपालिकामा मेयर पदका आकांक्षीहरुले आफ्नोआफ्नो दावेदारी पेश गरेका छन् । यधपि गठबन्धनमा मेयर कसको भागमा पर्छ भन्ने टुङ्गो चाही लागेको छैन । यदी मेयर पद माओवादी केन्द्रको भागमा परेमा मेयर पदमा दावेदारी पेश गर्ने सात जना मध्येका एक नम्बर दावेदार हुन् मदन देवकोटा ।

२०३६ सालमा गोरखाको पालुङ्गटार गा.वि.स. वडा नं. ७ वडडाँडामा जन्मिएका देवकोटाले चार कक्षा सम्मको प्रारम्भीक शिक्षा घर छेउकै स्कुल ( डा. बाबुराम भट्टराई र डा. उपेन्द्र देवकोटाले अध्ययन गरेको) श्री अमर ज्योति जनता माध्यमिक विद्यालय लुइँटेलबाट गरेका थिए । उनले २०५२ सालमा एस एल सी  पास गरेका थिए भने २०६१ सालमा  त्रिभुवन विस्वाविद्यालय अन्तर्गतको कलेज भैरहवा वहुमुखी क्याम्पसबाट स्नातोकत्तर गरेका थिए ।

केही समय आफ्नै व्यवसायमा व्यस्त उनी २०६५ सालबाट भने सक्रिय राजनीतिमा लागेका थिए । त्यस यता पार्टीको सक्रीय कार्यकर्ता उनी युवा संघठन वाई सी एल को केन्द्रिय सदस्य हुँदै २०७३ जेष्ठ ०६ गते पार्टी एकता हुँदा त्यही दिन नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रिय सदस्य बनेका थिए । त्यसपछी पार्टीको जिम्मेवारी अनुसार उनी आफ्नै भूगोल पालुङ्गटार फर्किए र स्थानिय स्तरमै बसी काम गरेका छन् भने २०७४ सालको चुनावमा मेयर पदका तीन जना दावेदार मध्येका उनी पनि एक थिए । अहिले सात जना टिकटका लागि प्रतिस्पर्धा भएपनि उनको मुख्य प्रतिस्पर्धा भने २०७४ सालको चुनावमा हार बेहोरेका विवश चिन्तन (अजय) संगनै भएको देखिन्छ । अब पार्टीले एक चोटी हारेका व्यक्तिलाई फेरी दोहराउछ की नयाँलाई अगाडी सार्छ त्यो चाही हेर्ने बाँकी नै छ । पार्टीले सात जना मध्ये जसलाई टिकट दिएपनि जिताउनको लागि तन, मन, धन सबै एककृत गरेर भरपुर रुपमा लाग्ने देवकोटाले बताउछन् ।

‘पार्टीले तपाइँलाई मेयरको टिकट दिएमा तपाइँको एजेन्डा के छ त ?’ 

यदी मैले त्यो अवसर पाए भने पार्टीको नीति, सिद्वान्त र विचार अनुसार पार्टीको कार्यदिशा अगाल्दै पार्टीको वैज्ञानिक समाजवादमा जाने बाटोमै पालुङ्गटार नगरपालिकाको हरेक योजनाहरु तयार गर्थे र त्यसलाई कार्यन्वयन गर्ने काम पनि गर्थे । पालुङ्गटार नगरपालिकालाई गण्डकी प्रदेशको उत्कृष्ट नगरपालिका बनाउन के के गर्नुपर्छ खोजी गर्छु । र, त्यसको लागि गोरखा जिल्लामा जन्मिएर राष्ट्रीय आयोजनामा काम गरिसकेका व्यक्तहरुसँग  छलफल गरेर विज्ञहरुको सम्मेलन राख्छु । हाम्रो पालुङ्गटार नगरपालिका मेरो कार्यकालमा पहिलो वर्ष कस्तो बनाउने दोस्रो तेस्रो वर्ष र अन्तिम वर्ष कस्तो बनाउने सबै कुराको योजना बनाउन्छु । त्यसपछी ५ वर्षमा कस्तो, १० वर्षमा कस्तो र २० बर्षमा कस्तो बनाउने भनि अल्पकालीन र दीर्घकालीन योजना बनाउने छु ।

पालुङ्गटार नगरपालिकाको सबै

वडाको सम्भाव्यता अध्ययन गरी कुन वडालाई के को पकेट क्षेत्रको रुपमा विकास गर्ने हो त्यो काम गरी त्यहाको उत्पादन बढाउने गरी आत्मनिर्भर वडाको रुपमा स्थापित गर्ने काम गर्ने छु । पालुङ्गटार नगरपालिकाको भौगोलिक बनोट, त्यहाको स्रोतासाधनको अध्ययन गरी “हेल्थ हब,टुरिजम हब, एजुकेसन हब,कृषि हब, जनावर हब, कुन कहाँ उपयुक्त हुन्छ त्यसरी पालुङ्गटार विकास गर्नेछु ।

सबै वडाको सदरमुकामबाट नगरपालिका कार्यालयसम्म आउने बाटोलाई कालो पत्रे गर्ने पहिलो प्राथमिकतामा राख्ने छु । एयरपोर्टलाई छिट्टै संचालनमा ल्याराउने कोसिस गर्ने छु भने आँपपिपल हस्पिटलको स्तर उन्नति गरि सबै प्रकारको सेवा दिने कामको थालनी गर्ने छु । किसानलाई कृषि बिमाको अवधारणा अघि सार्ने छु भने दिगो विकासको लागि घरेलु उद्योग धन्दा पुन: संचालनमा ल्याउने व्यवस्था अवलम्बन गर्ने छु । सार्वजनिक जमिन, पार्टीपौवा, चौतारा, सिडी, बाटो, पधेरा पूर्ण रुपमा जगेर्ना गरी व्यवस्थीत गर्ने छु । फोहोर मैलालाई सबै वडामा पूर्णरुपमा व्यवस्थीत गरी सफा र स्वाच्छ पालुङ्गटार बनाउने छु । साथै कार्यालयको काममा कर्मचारीबाट हुने ढिलासुस्ती ढाटछलको अन्त्य गरी चुस्त र दुरुस्त सेवा दिने कोसीस गर्नेछु । स्थानिय स्तरमा हुने भनिएको भ्रष्टाचार अन्त्य गरी शुन्य स्तरमा झार्नेछु ।

मेरो नगरपालिका कुनै पनि जातीय भेदभाव हुन दिने छैन । साथै छुवाछुतको नि अन्त्य गर्नेछु । वृद्ध तथा बालबालिकामा पाउने सामाजिक सुरक्षा भत्ताको निरन्तरता गर्नेछु । स्वास्थ्य र शिक्षामा सबैको नि:शुल्क पहुँच ग्यारिण्टी गर्ने छु । यसबाट कोही पनि बन्चित हुनु पर्ने छैन । धेरै भन्दा धेरै रोजगारीको सृजना हुने उद्योगधन्दाको विकास गर्ने छु । जसबाट हामी आत्मनिर्भर बन्न मद्दत पुगोस्, हामी आयात गर्ने होइन निर्यात गर्ने व्यवस्थामा अगाडी बढ्ने छौ र राष्ट्रिय पुजीको विकास गरी राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने छौं । समुन्नत राष्ट्र निर्माण गर्ने छौं ।

अन्त्यमा उनले यदि पार्टीले उनलाई टिकट दिएमा पालुङ्गटार वासीलाई साच्चिकै परिवर्तनको आभास हुने काम गरेर देखाउने बताए ।