
बिकल्प श्रेष्ठ
चितवन :यो समय यस्तो समय हो जहा मान्छेहरु बाँच्नका लागि नदिनाला, खोला, पहिरा जाने क्षेत्रबाट जति सक्दो दुरि बनाएर बसिरहेका छन् । तर चितवनमा भने यसको बिपरित घट्ना घट्न पुगेको छ । हिजो बिहिबार बिहान ११ बजेतिर एकजना परिचय नखुलेका व्यक्ति नारायणी पुलबाट नदिमा हामफालेर बेपत्ता भएका छन् । वडा प्रहरी कार्यलय नारायणगढका अनुसार अन्दाजी १९ बर्षको देखिने एक युवक हाम फालेका हुन् । हामफालेको स्थानिय बटुवाहरुले देखेर प्रहरीलाइ खबर गरेका थिए । तर पानी धमिलो भएको र अहिले बाढिले ग्रस्तित भएको कारण युवकलाइ उद्धार गर्न नसकिएको कार्यलयका प्रमुख प्रहरी निरिक्षक रघुसिँह बिष्टले जानकारी दिए ।
हामीले हामफालेको केहि मिनेटमा उद्धारको लागि नदिमा पस्यौँ उनले भने, तर पानी धमिलिएका कारण उनलार्इ देख्नै सकिएन । प्रहरीले साझ साढे ५ बजेसम्म डुङ्गा सहित उद्धार टोलि लिएर खोजतलास गरेपनि भेटाउन नसकिएको जनाएको छ । आज बिहान देखि पुन खोजि कार्य जारि राखेको प्रहरी निरिक्षक बिष्टले बताए ।
