अदुवा हालेको चिया पिउनुस फाइदै फाइदा

काठमाडौं :हामीले प्राय विहान उठने वित्तिकै हात मुख धोएपछि चिया खाने गर्छौं । चिसो मौसममा अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । अदुवाको चियाले पेटको समस्या हटाउनुका साथै तनाव पनि कम गराउँछ । अदुवामा पाइने भिटामिन, खनिज र एमिनो एसिडले रक्तसञ्चार सहज बनाउँछ । यो हृदयाघात र मुटुरोगीका लागि समेत गुणकारी छ  ।

अदुवाको चिया खाँदाका फाइदा

पाचन प्रक्रियामा सुधार ल्याउँछ। शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ।

यात्रामा जानुभन्दा अघि अदुवाको चिया खाँदा बान्ता हुनबाट बचाउँछ।

शरीरको अनावश्यक तौल कम गर्न सहयोग पुर्‍याउँछ ।

रक्तसञ्चारमा सहयोग पुर्‍याउँछ। रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ।

महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ ।

अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ ।

हड्डी र बाथरोगका बिरामीका लागि फाइदा पुर्‍याउँछ।

क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।

दैनिक अदुवा चिया पिउँदा तनाव कम हुन्छ । यसले शरीरलाई ऊर्जा दिन्छ ।

श्वासप्रश्वासको समस्याका लागि पनि अदुवाको चिया उपयोगी मानिन्छ।

यसले एन्टिअक्सिडेन्टको मात्रा बढाउँछ  र शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ।

रगतमा ग्लुकोजको मात्रा सन्तुलित गर्छ । साथै, शरीरको अनावश्यक तौल कम गर्न मद्दत गर्छ।