पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाईते


पाल्पा :पाल्पा बुटवल सडकखण्डमा मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको बासगढी नगरपालिका वडा नं.६ घर भई हाल झुम्सा चौकीभञ्ज्याङ भित्र सडक मर्मत सम्बन्धि लेवर काम गर्ने ३६ वर्षको जग्गु डाँगी रहेको प्रहरीले जनाएको छ ।

पाल्पादेखि बुटवलतर्फ जादै गरेको लु ६७ प ५९११ न.को मोटरसाइकलमा अनियन्त्रित भई सडकमा पल्टिन घाइते भएका डागीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै मोटरसाइकल पछाडी सवार बासगढी नगरपालिका वडा नं.६ का अन्दाजी ३० वर्षीय दीपेन्द्र चौधरी घाईते भएको हुँदा उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंयाले जानकारी दिए । घटना सम्बन्धि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।