दैलेख जिल्लामा थपियो असार १७ गते सम्म निषेधाज्ञा

पुष्कर खड्का
दैलेख :दैलेख जिल्लामा यहि असार १७ गते सम्म निषेधाज्ञा थप गरिएको छ । बिश्वभर तिब्र रुपमा फैलिएको कोभिड (१९ को नयाँ भेरियन्ट रोकथाम तथा नियन्त्रण गर्नको लागि ७ दिन निषेधाज्ञा थप गरियको हो । निषेधाज्ञा आज राति १२ बजेदेखि असार १७ गते राति १२ बजेसम्म लागु हुने छ ।

निषेधाज्ञा भर अति आबश्यक सवारि साधनहरु का साथै, तरकारी , खाध्यन्न , एग्रोभेट, ग्यास पसल जनस्वास्थ्यका मापदण्ड पूरा गरि बेलुका ४ बजेसम्म सञ्चालन गर्न पाईने छ ।

साथै बैंक तथा बित्तीय संघसंस्थाहरु बिहान १० बजेदेखि बेलुका ४बजेसम्म सञ्चालन गर्न पाईने जिल्ला प्रसासन कार्यलय दैलेखले जानकारी दिएको छ ।