
काठमाण्डौ – गएको २४ घण्टामा नेपालमा नौ हजार तीन सय पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार तीन सय ६२ जनाको पीसीआर परीक्षण गर्दा नौ हजार दुई सय ३८ र चार सय २४ जनाको एन्टिजेनमार्फत परीक्षण हुँदा ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
। मन्त्रालयका अनुसार गएको २४ घण्टामा चार हजार चार सय ४४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिले निको हुने दर ७४ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यस्तै कोरोना सङ्क्रमणका कारण नेपालमा थप एक सय ६८ जनाको ज्यान गएको विवरण प्राप्त भएको छ ।
