
सुमन आचार्य
तेह्रथुम : आठराई गाउँपालिकाको नवौं गाउँसभाले आर्थिक वर्ष २०७८।०७९ का लागी कुल ५५ करोड ४४ लाख ५२ हजार १ सय ५० रूपैयाँ बराबरको बजेट बिहीबार साभामा प्रस्तुत भएको छ । गाउँपालिका अध्यक्ष मान बहादुर लिम्वुको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष रुपादेवी कन्दङवाले बजेट प्रस्तुत गरेकी थिइन ।
सभामा संघीय सरकारको वित्तिय समानिकरण तर्फ १० करोड ३२ लाख राजस्व बाँडफाड तर्फ ७ करोड ३२ लाख ४० हजार रूपैयाँ र सशर्त अनुदान तथा विशेष अनुदान सहित ३० करोड २५ लाख, सामाजिक सुरक्षा अनुमानीत रकम ५ करोडको बजेट प्रस्तुत भएको छ ।
प्रदेश सरकारको वित्तिय समानिकरण ५८ लाख ५६ हजार, राजस्व बाँडफाड तर्फ अनुमानीत ५१ लाख ५६ हजार, १ सय ५०, चालु आर्थिक बर्षको खर्च हुन बाँकी अनुमानित १ करोड र आन्तरिक आय अनुमानित ४५ लाखको बजेट प्रस्तुत भएको छ ।
सभाले पूर्वाधार क्षेत्र, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य, वातावरण तथा विपद व्यवस्थापन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखी वजेट प्रस्तुत गरेको छ ।
पूर्वाधार विकास, पर्यटन प्रर्वद्धन, व्यवसायिक कृषि र उद्यमशिलताको माध्ययमबाट समृद्ध एवम् सम्मुनत समाजको निर्माण गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ ।
