तुलसीपुरको बजेट ३ अर्ब ३९ करोड


तुलसीपुर :तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९का लागि ३ अर्ब ३९ करोड बजेट ल्याएको छ । जनतालाई संघीयताको वेग्लै महसुस गराउने उदेश्यले उपमहानगरले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३९ करोड ९६ लाख १५ हजार बजेट ल्याएको हो ।

बिहिबार उपमहानगरको नवौँ नगरसभामा उपप्रमुख माया शर्माले कोभिड–१९ ले अति प्रभावित आर्थिक तथा सामाजिक क्षेत्रको पुर्नउत्थानमा आधारीत रहेर आगामी वर्षको बजेट प्रस्तुत गरेकि हुन् ।

उपमहानगरले आर्थिक वर्ष २०७८/७९ का लागि पुँजीगत तर्फको १ अर्ब ६२ करोड १६ लाख १६ हजार रकम नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य सशर्त कार्यक्रम तथा विकास कार्यक्रमका लागि विनियोजन गरेको छ । भने सामाजिक सुरक्षा तर्फ ४० करोड बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी चालुतर्फ प्रशासनीक खर्च र अन्य सञ्चालन कार्यक्रम खर्चतर्फ १ अरब ३५ करोड ६९ लाख ९२ हजार विनियोजन गरिएको छ । वित्तीय खर्चतर्फ २ करोड १० लाख विनियोजन गरिएको छ ।