
काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन । रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली आफैँले राखेका छन ।
अहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका विष्णु पौडेलले थप उद्योग, वाणिज्य तथा आपूर्तिस ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयको जिम्मेवारी पाएका छन ।
त्यस्तै शिक्षा मन्त्रालय सम्हालिरहेका कृष्णगोपाल श्रेष्ठले थप वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम रोजगार तथा सामाजिक र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन ।
मन्त्री बसन्तकुमार नेम्वाङले कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
भने मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
